गुल्मी, जेष्ठ ९ ।गुल्मीमा कोरो ना जित्नेको संख्या तिब्र रुपमा बढ्दो रहेको छ। बिगत दुई-तीन दिन देखि संक्रमीत भन्दा सन्चो हुनेको संख्या लगभग ७५% ले बढेको देखिएको छ। पछिल्लो २४ घन्टामा गुल्मीमा १ सय २१ जना संक्रमण मुक्त भएका छन।
अहिले सम्म कुल ७ सय १४ जना कोरो ना जितेर घर्किएको स्वास्थ कार्यालय गुल्मीले जानकारी दिएको हो। पछिल्लो १४ घन्टामा जिल्लामा ५८ जनामा कोरो ना भाइरस संक्रमण पुष्टि भएको छ। आज मात्र कोरोना संक्रमणबाट दुई जनाले कोरो नाबाट ज्यान गुमाएका छन। अहिले सक्रिय सङ्क्रमितको संख्या ९७० रहेको छ। यो सङ्गै जिल्लामा दोस्रो लहर सुरु भए देखि कोरो ना संक्रमणको कारण ६६ जनाले ज्यान गुमाएका छन।