महेन्द्र कौशल
जेठ १२, २०७८ गुल्मी । विश्वमा कोविड-१९ महामारिले जिल्ला, वडा लगायत गाउँगाउ सम्म नै प्रवावित बनाइरहेको छ। महामारी संक्रमणको संख्या घट्दो रहे अनी अपर्झट समस्या वडामा ठूलो पर्न पनि सक्छ। त्यही कुरालाई मध्यनजर गरेर गुल्मीका समाजसेवी सकृय युवा तात्तिरहेको पाहिन्छ। गाउँगाउँमा संक्रमणबाट रोक्नको लागि अनावश्यक हिड्डुलमा कडाइका साथै आर्थिक सहयोगमा जुटेका छन।
गुल्मी मुसिकोट ६ कुर्घा काप्रेका सकृय युवाद्वारा कुर्घा स्वास्थ चौकीलाइ अक्सिजन सिलिन्डर सहयोग गरेका छन। काप्रे निवासी समाजसेवी युवा बिरु गुरुङ्गको समायोज्कत्वमा आफू आधा पेट खाएर समाजमा रहेका ब्यक्तिलाइ भोक पेटबाट बचाउने युवा भिम गुरुङ्ग र सुरेन्द्र गुरुङ्गले स्वास्थ चौकीलाई बिरामी सिकिस्त हुदा तत्कालको लागि भनेर एक थान अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको छ।
स्वास्थ चौकीमा अक्सिजनको कमी भैरहदा प्रदान गर्दा अत्यन्तै खुसीले गदगद हुंदै बिरामी सिकिस्त आउदा केहि हद सम्म उपचार गर्न सक्ने कुरा स्वास्थ चौकि इन्जार्ज ममता श्रीसले बताउनुभयो।