केशब गौतम
१७ जेष्ठ २०७८ गुल्मी। पछिल्लो २४ घन्टामा गुल्मीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा २९ जनलाई संक्रमित देखिएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा १२ जना,रुरुक्षेत्र गाउँपालिकामा ८ जना, मदाने गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा १ जना,छत्रकाेट गाउँपालिकामा १ जना,कालीगण्डकी गाउँपालिकामा ३ जना,धुर्कोट गाउँपालिकामा २ जनागरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
याे सगै गुल्मीमा काेराेनाबाट सकृय संक्रमितकाे सख्या ६३२ रहेकाे जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। पछिल्लो २४ घन्टामा मृत्युको संख्या २ रहे संगै दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ७८ पुगि सकेकाे छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २४ जना काेराेना संक्रमण मुक्त भए संगै अहिले सम्म कुल एक हजार ५७२ जना कोरोना जितेर घर फर्किएका छन्।