गुल्मीमा ५ वर्षको बच्चा भिरबाट खसे..मामा घरबाट फर्किए तर घर भने पुगेनन(भिडियोसहित)

१७ जेष्ठ, २०७८ गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका वडा न. ४ भङ्लाङ्गमा ५ वर्षको बच्चा मामाघरबाट घर फर्किने क्रममा भिरबाट तल खसेका हुन। घटना स्थलबाट माथी मोटरबाटोमा ल्याउने क्रममा उनको ज्यान गएको हो।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा १४ घर भएका ५ वर्षका दान बहादुर बुढाथोकीको मामाघर गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाँउ थियो। दानबहादुर करिब जेठ १० गते मामाघर वैशाख पुर्णिमा मनाउन गएका थिए, मामाघरमा बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका दानबहादुर गाडीलाई साइड दिने क्रममा खुट्टा चिप्लिएर करिब १ सय मिटर तल खसेका हुन। उनी सङ्ग दुई जना आफन्त दिदिहरु थिए।

साइड दिएको प्यासेन्जर बोक्ने कालोगाडी एक्कासी दौडियो, ति सङ्गै आएका दानबहादुरका दिदिहरुले गुहार गरे र मान्छे जुटाए तर उन्लाइ तत्काल उद्धार गर्न भने सकिएन। सबै आफन्तहरुलाइ गुहार गरियो, दानबहादुरलाई जन्मदिने आमा पनि आउनु भयो, बेहोस हुदै रुदै चिच्याउदै आएकी आमा सङ्ग बोल्न पनि पाएन। न त आमाले सास भेट्नु भयो नत छोराले देख्न पाए।

करिब ३०-३५ मिनट पछि उनलाइ माथी त ल्याइयो तर उनिले सास त्यागिसकेका थिए। उनी बेहोस पो हुन कि भनेर छिमेकीले हतार हतार एम्बुलेन्स गुहारेर तम्घास लगे। तम्घास पुग्दा डाक्टरले बच्चा नरहेको कुरा सुनाउदा सबै छाँगाबाट खसे जस्तै भए..
भिडियो हेर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here