गुल्मीमा बाबुछोरा माछा मार्न गएका फर्किदा बाबु एक्लै फर्किए..छोरा हराए

महेन्द्र कौशल?
गुल्मीमा ११ वर्षको वालक सम्पर्क बिहिन भएका छन्। गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ५ ढाड बस्ने बुद्ध सर्तुङ्गे मगर र माया सर्तुङ्गे मगरका एक्लो छोरा रितिक सर्तुङ्गे मगर गत ३० गते साझ ५ बजे बुवा सङ्गै मलिका खोला अन्त्य बडिगाड खोलाको तटमा पात्नेर रहेको बाजो खोतमा बसेको अवस्थाबाट सम्पर्क बिहिन भएका हुन।

करिब साझ ५ बजेको समयमा बुवा बुद्ध सर्तुङ्गे माछा मार्न भनेर हिड्ने क्रममा छोरा पछ्यार गए खोला नजिक पुगेर छोरा रितिकलाई खोला देखि केही टाढा बारिमा बस्न लगाएर माछा मार्न गए छोरा हेर्दै माछा मार्दै अलिक माथी पुगे र पछि फेर्केर हेर्दा छोरा नभएको देखेर अत्तालिदै बोलाए तर भेटिएनन।

रितिक समाजका प्यारा र जे भनेनी मान्ने न त चन्चल थिए। अगाडीको दातको टुप्पा लामो छोटा खिइएको जस्तो देखिने, खैरो रङ्गको पछाडी भिर्ने झोला बोकेका, तल कालो रङ्गको ट्रयाक माथि टाटेपाटे जस्तो देखिने टिसर्ट लगाएका र स्पोर्ट्स चप्पल लगाएको कहि कतै कसैले फेला पारेमा सम्पर्क गर्नुहोला।
बुद्ध सर्तुङ्गे मगर 9843696029,9818008629
यज्ञलाल खरेल 9847185895
अमलाबोट अन्लाईन 9845942346

पुलिस प्रशासन लगाएत स्थानियहरु खोजि कार्य गर्दा तल्लाफाँट नजिक हराएको ठाउ भन्दा करिब ४ किलो मिटर तल खोलाको किनारामा बालक रितिक सर्तुङ्गेको झोला भेटिएको स्थानीयले अमलाबोट अन्लाईन डट कममा जानकारि गराउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here