जनबोध माध्यमिक बिध्यालयमा बिद्यार्थीहरुलाइ कृषि सामग्री हस्तान्तरण

चुरामणी तिमिल्सिना
जनबोध माध्यमिक विध्यालय रुरुक्षेत्र गाउँपालिका गुल्मिमा कृषि प्राविधिक तर्फका ७२जना बिद्यार्थी हरुलाइ १ बिद्यार्थी १ टनेल वितरण कार्यक्रम समन्न भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक अनुदानमा माध्यमिक विद्यालय, एक कृषि विद्यार्थी एक टनेलसहितको करेसाबारी कार्ययोजना अनुसार प्लास्टिक टनेल वितरण एवं ओ जे टी रकम हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिध्यालयका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निलकन्ठ गौतम प्रमुख अतिथी रहनु भएको थियो गौतमले कार्यक्रम लाई सम्बोधन गर्दै यश बिध्यालयलाइ जिल्लाकै नमुना बिधालयका रुपमा लैजान आफुहरु निरन्तर लागि परेको आगामी वर्ष बिद्यार्थीहरुको मुल्यांकन गरेर नमुना बिद्यार्थीहरुलाइ पालिकाले पुरस्कृत गर्ने हरेक तह बाट बिध्यालयको चौतर्फी बिकासमा आफू निरन्तर लाग्ने बताउनुभयो।यस्तै कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मी देवि पन्थ निमित्त प्रमुख प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारी , शिक्षा साखा प्रमुख राम प्रसाद अधिकारी , विशिष्ट अतिथि रहनु भएको थियो ।

विशिष्ट अतिथी लक्ष्मी पन्थले यश कृषि शिक्षा अध्यन गर्दै गरेका बिद्यार्थीहरु तथा केही प्राबिधिकको सहयोग लिइ पालिकामा माटो परिक्षण कार्यक्रम सन्चालन गर्ने हाइटेक नर्सरीको प्रयोग गरि फलफुलका बिरुवाहरु यहि उत्पादन गर्ने र आफ्नो पालिका भरी मागको आधारमा बितरण गर्न आग्रह गर्नु भयो।हाल यश बिधालयमाकक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक तर्फ ७२ जनाले पठन पाठन गरिरहेको कार्यक्रमका अध्यक्ष तथा वडा न५ का वडा अध्यक्ष हरी ज्ञवालीले बताउनु भयो कार्यक्रमको सन्चालन कृषि प्राबिधिक निर्मल भुसालले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here