मालिका गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक साझेदारीमा उपहार स्वरुप बाख्रा प्रदान

अनिष पन्थी
मालिका गाउँपालिका गुल्मी र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा एकीकृत ग्रामीण बिकास समाज गुल्मीद्वारा सन्चालित सामुदायिक बिकासका लागि बाख्रा उधम परियोजना अन्तर्गत मालिका गाउँपालिकाको वार्ड न ४ को अर्खावाङमा मुलाबारी महिला समुह (दिदिसमूह) ले प्रगतिशील महिला समूह (बहिनीसमुह)लाई १० ओटा बाख्रा उपहार स्वरुप प्रदान गरेको छ।

महिला ससक्तिकरण तथा महिलाहरुको आर्थिक बिकासको लागि यो कार्यक्रम राम्रो र उपयोगी भएको
मालिका गाउँपालिकाका प्रमुख रित बहादुर थापाले बताउनुभयो ।

यो कार्यक्रमले सिङ्गो मालिका गाउँपालिकाको लागि हित पुराएको र महिलाहरुलाइ केही गर्न प्रेरित गरेको थापाले बताउनुभयो ।

उक्त समुहकि सदस्य सीता हितानले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा एकीकृत ग्रामीण बिकास समाज गुल्मीका प्राबिधिक समयोजक अम्मर बहादुर थापाले र परियोजना समयोजक जगत बहादुर रानाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

समुहकि अध्यक्ष खुम कुमारी घर्तिको अध्यक्षता रहेको उक्त कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख आथित्यता रहेको थियो।

मालिका गाउँपालिका वडा न ४ का वडाअध्यक्ष हिरालाल अर्यालको विशेष आतिथियता रहेको कार्यक्रमको सन्चालन समुहकि सचिव उषा अर्यालले गर्नुभएको एकीकृत ग्रामीण बिकास समाज परियोजना समयोजक जगत बहादुर रानाले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here