गोविन्द कंडेल, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारबाट गए राती मोटरसाइकल र साइकल चोरी भएको हो ।
मुसिकोट नगरपालिका वडा नं.७ टार स्थित सापकोटा तन्दुरी होटलका सञ्चालक अशोक सापकोटाको लु २९ प ९०८२ नं. को निजी मोटरसाइकल र राजमान वौद्धाचार्यको साइकल चोरी भएको हो ।
मध्यराती सवै सुतिरहेको अवस्थामा उक्त घटना घटेको वताइएको छ । चोरी भएको स्थान मुसिकोट नगरपालिकाको मुख्यकार्यालय अगाडीको घर हो ।
मुसिकोट नगरपालिका कार्यालयमा राखिएको सि.सि.टी.भि.क्यामेरामा भएको रेकर्ड अनुसार एक व्यक्तीले रातको ३ वजेर ३ मिनेट जाँदा वामीटक्सार वजार क्षेत्रतिरवाट उक्त मोटरसाइकल पार्किगं गरिएको स्थानमा प्रवेश गरी केही समय तँहाको लोकेशन हेर्छ र ३ वजेर २६ मिनेट जाँदा उक्त स्थानबाट मोटरसाइकल लिएर अगाडी वढ्छ ।
नगरपालिकाले सि.सि.टी.भि.फुटेज सार्वजनिक गरेको छैन तर उक्त फुटेजका आधारमा अनुसन्धान सुरु गरिएको वताइएको छ । हेर्दा सामान्य जस्ताे देखिने उक्त व्यक्तीले सो समयमा कमिज र पायन्ट लगाएको नगरपालिकामा रेकर्ड भएको सि.सि.टी.भि.फुटेजमा प्रष्ट देखिएको छ ।
चोरी भएको मोटरसाइकल र साइकल भने मुसिकोट नगरपालिका वडा नं. ७ को शेरा स्थित मुल सडकमा अलपत्र अवस्थामा भेटिएको छ र घटनामा सम्वन्धित व्यक्तिको अनुसन्धान जारी रहेको वताएको छ ।