हात,खुट्टा गोलि गाँठामा चोटपटक लागेका घाइते प्रताप मगरलाइ कोरियाबाट सहयोग

चुरामणी तिमिल्सिना
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न१ रिडीका प्रताप मगर लाई कोरिया तथा हाल बुटवल बाट सहयोग प्राप्त भएको छ। रुरु क्षेत्र गाउँ पालिका वडा न१निवासी हाल रोजगारीको सिलसिलामा कोरियामा रहनु हुने गणेश श्रेष्ठले रुरु धार्मिक सेवा सन्चार प्रालिको अन्लाईनमा समाचार पढेपछि प्रताप लाई सन्चार प्रालिको खातामानै रु ५५ ०० पठाउनु भएको हो।

मगर कालीगण्डकी करिडोर नजिकै गत असार २० गते आँप टिप्ने क्रममा बुटा बाटखसेर हातखुट्टा तथा ढाडमा चोट्पटक लागेको थियो। तत्काललै वडा न १ का अध्यक्ष रामलाल बिक स्वास्थ केन्द्रका डा विकास पन्थी , स्वास्थ कार्यलयका कर्मचारीहरु तथा स्थानियको सहयोगमा रुरु फ्रेन्डस कलबको एमुलेन्स मार्फत मिसन अस्पताल लगिएको थियो। मिसन्मा उनलाई निशुल्क उपचार गराउन रुरु प्राथमिक स्वास्थ केन्द्रका डा विकास पन्थी तथा वडाको पहलमा सिफारिस गरिएको थियो।

आज प्रतापकै निवासमा पुगेर रु ५५०० बराबरको चामल तेल नुन चिनी चियापत्ती चिउरा भुजा मर मसल साबुन आटा अन्य खाध्य सामाग्री वडाका वडा अध्यक्ष रामलाल बिक मानब कल्याण आस्रमका अध्यक्ष जीवन कुमार कसजु बिध्या ज्योति बोडिङ स्कुलका प्रीन्सिपल आन्न्द प्रधानले उहाँकापरिवार लाई सामाग्री हस्तान्तरण गर्नु भएको हो। प्रतापको परिवार सामान्य खाल्को भएकोले सहयोग प्रदान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here