सत्यवती ४ लिम्घामा १००० दिने आमालाई पोषणतत्व बितरण!

अबिरल बिष्णु
गुल्मी सत्यवती गाउपालिका वडा न ४ लिम्घामा,लिम्घा स्वास्थ्य चौकी तथा पिपलडाडा स्वास्थ्य इकाइको आयोजनामा १००० दिने आमालाइ पोषण तथा बिउबिजन बितरण गरिएको छ।सत्यवती ४ लिम्घाका वडा अध्यक्ष दान बहादुर रानाको अध्यक्षतामा आमा हरुलाइ चाहिने परामर्श ,सुझाब सल्लाह सङ्गै पोषणतत्व मंगलवार प्रदान गरिएको लिम्घा स्वास्थ्य चौकीका इन्चार्ज राम बहादुर सुर्यबंशीले बताउनु भएको छ।

प्रमुख अतिथिमा कार्यक्रममा सत्यवती गाउपालिका का अध्यक्ष पारेश्वर ढकाल,र उपाध्यक्ष सुवर्ण सेर्चन साही,को बिशिस्ट अतिथ्यता,तथा स्वास्थ्य प्रमुख सुर्य राना, स्वास्थ्य अधिकृत हिमलाल भण्डारीको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख सुर्यबहादुर र हिमालाल ले उदेश्य, महत्व र भाबियोजनाको बारेमा जानकारी गराउनु भएको हो।त्यस्तै उपाध्यक्ष सेर्चनले बानी व्यवहार सुधार गरेर बाल बच्चा लाई ध्यान राख्ने बताउनु भएको थियो भने अध्यक्षले बाल बालिकाको स्वास्थ्य लाई ख्याल गरेमा देश निर्माणमा समेत टेवा पुग्ने बताउनु भएको छ।

यश कार्यक्रममा आमा समूह,१००० दिने आमा ,शिक्षक तथा अन्य मानिस हरुको भेला रहेको थियो उक्त भेलामा आमा हरुलाइ अण्डा तथा करेशा वारि बनाउन बिउबिजन दिएको हो।यस कार्यक्रम आयोजना गरेको मा गाउँपालिका तथा प्रशासनलाई इन्चार्ज सुर्यबंशीले धन्यवाद दिनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here