गुल्मी। चितुवाको छा’ला सहित गुल्मीमा दुईजना प’क्रा’उ परेका छन् । जिल्लाकाे छत्रकाेट गाउँपालिका ३ मा रहेको एक होटलबाट २ जनालाई चि’तुवाको छा’ला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
चि’तुवाको छा’ला काराेबार भइरहेको भन्ने गाेप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चे’कजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकोट २ का २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरि बहादुर सार्कीलाई चितुवाकाे छा’लासहित प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।
प’क्राउ परेका उनिहरुलाई आवश्यक का’रबा’हीको लागि सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको पनि प्रहरीले बताएको छ।