गुल्मी। गुल्मीमा जिप दु’र्घ’टनामा ३ जनाको मृ’त्यु भएको छ । गएराती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० पाँचराते भन्ने स्थानमा दु’र्घट’नामा परेर मुसिकोट नगरपालिका वडानम्बर–२ जलजले बस्ने ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र वडानम्बर–३ नेटा बस्ने १९ वर्षकी संगिता सुनारको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनु भयो ।
दु’र्घट’नामा परेर ६ जना घा’इते भएको छन् । बुटवलबाट तम्घास तर्फ आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप आफै अनियन्त्रित भई सडक देखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घा’इते हुनेहरुमा मुसिकोट नगरपालिका वडानम्बर–२ जलजला बस्ने गाडी चालक २६ वर्षको कमल थापा, ४३ वर्षकी खिमा थापा, ३८ वर्षकी जुना थापा, ३६ वर्षको राजु थापा, वडानम्बर–३ नेटा बस्ने ४७ वर्षकी सुमित्रा सुनार र चितवन जिल्ला भरतपुर उपमहानगरपालिक बस्ने ५० वर्षकी राधा के.सी. घा’इते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो । जिपमा सवार ९ जना घा’इते मध्ये ३ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
अरु घा’इते ६ जनाको अबस्था मध्यम रहेको र उनिहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु’र्घट’ना भएको खबर प्राप्त हुनसाथ प्रहरी उपरिक्षक .गोपालचन्द्र भट्टराईको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल उर्लेनी गुल्मीबाट सशस्त्र प्रहरी नायव निरिक्षक ध्रुव भुषालको कमाण्डमा १० जना र संग्राम सर्दुल गुल्म धागिथुमबाट उपसेनानि हिकमतबहादुर चन्दको कमाण्डमा १२ जनाको टोली खटीई उद्धार गरेका थिए ।