चुरामणि तिमिल्सिना। गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड बन्द भएको बुधबार ७दिन पूरा भएको छ ।याडुङ खोला देखि २५ मिटर पर रहेको पहाड तथा ठुला ठुला ढुङ्गा बारम्बार खसेपछी पहिरो पन्छाउन समस्या भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनुभयो। बुधबार बिहान बाटो अबलोकन गर्न पुग्नु भएका सत्यवति गाउँपलिकाका अध्यक्ष पारीस्वर ढकाल , नेपाली सेना, यस्तै सामाजिक अभियनताहरु लगायतको टोलिले पहिरोको निरीक्षण गरि नेपाली सेनाशीत सहकार्य गरि बम व्लास्टिङ गरि भोलि दिउसो सम्म सडक खुलाइने अध्यक्ष ढकालले जानकारी दिनुभयो।
ढकालले सडकको अबस्थाका बिषयमा गृहमन्त्रालय ,यस्तै गुल्मीको जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराय पछी उहाँहरुकै निर्देशनमा यसरी सडक खुलाउन लागिएको ढकालले बताउनुभयो। यता नेपाली सेनाले आजसाझ सम्म ब्लास्टिङको काम सक्ने र भोलि बिहान सडक सरसफाइ गरि दिउँसो बाट सन्चालनमा ल्याउने तरिकाले काम अगाडी बढ्ने जानकारी दिएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनालेसमाचार पठाउनु भएको छ