चुरामणि तिमिल्सिना। पाल्पाको बगनासकाली गाउँ पालिका वडा न ९ चापपानी सिखरेमा २४घन्टे अखण्ड हरिकृतनको शुभारम्भ गरिएको हो । सनिवार बिहान १०:३० बजे देखि आइतबार बिहान १०:३० सम्म सन्चालन हुने कृतनको ठूलो महत्त्व रहेको मन्दिरको कर्ताको रुपमा रहनु भएका जेष्ठ नागरिक टोपलाल तिमिल्सिनाले जानकारी दिनुभयो।
उहाँले गाउँमा महामारी फैलिएको र घरमा पालियका गाई बस्तुहरुमा विभिन्न रोगहरु लागेर मिर्तु हुन थालेपछि देवि भगवतीको मन्दिर बनाइ कृतन गरमला सामुहिक भाकल गरेसी महामारी सान्त भएको बताउनु भयो ।
सामाजिक अभियनता यमलाल तिमिल्सिनाले झन्डै २१ घर धुरिले विभिन्न पुजा आजका साथ कृतन कार्यक्रम गरिएको र पर्यटन प्रबन्धनमा आफ्नो सस्कृती पनि बचाउन सघाउ पुगेको बताउनु भयो । यहाँ पाल्पा र स्याङ्जाका अधिकाम्स स्थाननका भक्तजनहरुको सहभागीता रहदै आयको र सहयोग दाताहरुलाइ सम्मान पनि गर्दै आयको मन्दिर समितिका पत्रकार भोजराज तिमिल्सिना ले बताउनुभ्यो।