गुल्मीमा दु:खद खबर..मुसिकोट नगरपालिकामा जीप दुर्घटना..२ जना घाइते

कमल पौडेल। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ छिसखोला छहरा झरना नजिकै जिप दुर्घटना हुँदा २ जना घाईते घाइते भएका छन् ।

वामीटक्सार देखि पौंदि अमराई जाँदै गरेको लु २ च ७८२५ नं. को डबलक्याप बलेरो जिप मुसिकोट नगरपालिका वडा नं. १ छिसखोला छहरा झरना नजिकै दुर्घटना हुँदा २ जना घाइते भएका छन्। मुसिकोट नगरपालिका वडा नं. १ का १९ वर्षिय खिमा हितान तथा सोहि स्थानका ३५ वर्षिय सुनिता हितान घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये खिमाको टाउकोमा चोट रहेको र थप उपचारको लागि पाल्पा पठाएको र अर्का घाइते सुनिताको खर्वाङमा रहेको स्थानिय मेडिकलमा उपचार पछि घर फर्किएको मुनपा १ का वडा अध्यक्ष पूर्ण बहादुर हितानले जानकारी दिनुभएको छ। १२ जना सवार सो गाडिमा रहेका अन्य यात्रुको अवस्था सामान्य रहेको छ। उकालोमा ब्रेक फेल हुँदा सो दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

अहिले गाडि चालक मनोज थापा पौंदि अमराई प्रहरी चौकीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको घटनास्थलमा रहनुभएका वामीटक्सार प्रहरी चौकीका ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभएको

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here