रुरु क्षेत्रमा स्थानिय निर्वाचन कार्यालय स्थापना , सरोकारवाला संग अन्तरक्रिया

चुरामणि तिमिल्सिना। आउदो बैशाख ३० गते देश भर यक साथ सम्पन्न हुने स्थानीय तहको निर्वाचन का गुल्मीको रुरु क्षेत्रमा पनि औपचारिक समारोहका बीच पालिकाको निर्बाचन अधिकृतको कार्यलयको उत्घाटन गरिएको छ । निर्वाचन सम्पन्न गराउन पालिकामा आउनु भएका निर्वाचन अधिकृत वसन्त प्रसाद पन्थी यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पन्थले निर्वाचन आचार सम्हिता , निर्वाचनको समयमा दलले पालाना गर्नु पर्ने नियम कानुन , शान्ति शुरक्षाका विषयमा छलफल कार्यक्रममा चर्चा गर्दै सहजीकरण गर्नु भएको थियो।

छलफल कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय साम्साद कमल राज श्रेष्ठ , पालिकाका अध्यक्ष निलकण्ठ गौतम उपाध्यक्ष लक्ष्मी देबि पन्थ , वडाका अध्यक्षहरु, राजनैतिक दल , कार्यपालिका सदस्य , सुरक्षा निकाय, पत्रकार नागरिक समाज पालिकाका कर्मचारीलगायतको सहभागी ता रहेको थियो।

कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत पन्थले यस पालिकामा शान्त भयरहित बाताबरणमा निर्वाचन समपन्न गराउन स्थानीय राजनैतिक दल, सुरक्षा निकाय , पत्रकार सामाजिक अभियानताहरु बौद्धिकबर्गको महत्त्वपूर्ण सहयोग आबस्यक रहेकोले सहयोग गर्न आग्रह गर्नु भयो। उहाँले निर्वाचका क्रममा अनुगमन समिती निर्माण गरि अनुगमन समेत गरिने जानकारी दिदै मनोनयन पछी आचार सम्हिता बिपरित कार्यगर्ने गराउने लाई पनि छड्के टोलिले कानुनको दायरमा ल्याउने प्रतिबद्धता जायर गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here