पुरन रास्कोटी मगर, गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसले बैशाख १२ गते ३ बजे शान्तिपुर्ण र्याली सहित मनोनयन दर्ता गराएको छ। देशै भरी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काँग्रेस समर्थकहरुको उत्साह जनक सहभागी जनाउँदै कांग्रेसको तर्फ बाट बेद बहादुर थापाले पुनः दोश्रो पटक मनोनयन दर्ता गराएका हुन।
कालीगण्डकी गाउँपालिकाको भूगोल सुहाउँदो बिकास गर्न र यहाँका समग्र जनताको जिवनस्तर उकास्न,बाँकी रहेका बिकासका कामहरू सफल बनाउन, संगै हरेक नागरिकको आर्थिक अवस्था सुधार गर्नको लागि अबको यात्रा रहने भन्दै गाउँपालिका अध्यक्षमा पुनः मनोनयन दर्ता गराएका हुन् ।।
बितेका पाँच बर्षका अबधिमा घोषणा पत्र अनुसार धेरै कामहरू भैसकेको जानकारी दिदै प्रत्येक वडा कार्यालयमा वाईफाई देखि एकघर एकधारा खानेपानी प्रत्येक बस्तीमा मोटरबाटो केही सम्पन्न भैसकेको र केही सप्पन्न हुन बाँकी भएकाले पनि अब आर्थिक उत्पादन संगै राष्ट्रिय गौरवका योजनका कामहरू गर्ने बटाउदै बेद बहादुर थापाले मनोनयन दर्ता गराएको जानकारी दिनु भयो।
नेपाली काँग्रेसको तर्फ बाट ६ वटा वडामा नेपाली काँग्रेसको वडा अध्यक्ष उम्मेदवार रहेका छन भने वड नं ६ मा गठबन्धनको तर्फ बाट पुरन थापा र गाउँपालिका उपाध्यक्षमा तारा थापा थापाले मनोनयन दर्ता गराएका छन।
नेपाली काँग्रेसको तर्फ बाट मनोनयन दर्ता गराएका वडाहरु , हर्मिचौर – रबिन्द्रनाथ पाण्डे ,अर्बेनी रेशम राज न्यौपाने, जयखानी – हेमचन्द्र बुढा,पुर्तिघाट – सु.होम बहादुर थापा,फोक्सिङ्ग- दान बहादुर राना, भुर्तुङ्ग-कुमार थापा रहेका छन् ।।
बाटोघाटो निर्माण गरेर मात्र नागरिकको जिवनस्तर उकास्न नसकिने भन्दै अबको यात्रामा प्रत्येक व्यक्तिलाई आर्थिक उत्पादन संग जोड्ने काम पहिलो प्राथमिकता रहनेछ भन्दै जनताले पुन: एकपटक आफुलाई भोट दिने कुरामा विस्वष्ट रहेको जानकारी गराउनु भयो।