गुल्मी । गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा आँपचौर क्रीकेट क्लबद्वारा क्रीकेट तथा फुट्सल प्रतियोगिता संचालन हुने भएको छ। आँपचौर क्रीकेट क्लबले विगतका वर्षमा जस्तै यहि कार्तिक ४,५,६ र ७ गते सम्म संचालन हुने गरि सोही प्रतियोगिता संचालन गर्ने भएको हो।
स्वास्थ्यका लागि खेल्कुद,पर्यटनका लागि खेल्कुद, राष्ट्रका लागि खेल्कुद भन्ने नारालाई मध्येनजर गर्दै सोही क्रीकेट तथा फुट्सल प्रतियोगिता संचालन गर्न लागिएको कुरा क्रीकेट खेल संयोजक अमृत खरेलले जानकारी दिनुभयो।
प्रचलित नियम अनुसार नै खेलाइने भनिएको क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २५,००० ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु १५,००० ट्रफी, मेडल र प्रमाण-पत्र त्यसै गरि बेस्ट बलर/बेस्ट ब्याट्स्मेन, प्लेयर अफ द टुर्नामेन्टमा पनि क्रमश नगदी पुरस्कार रहेको बेहोरा पनि क्रीकेट खेल संयोजक अमृत खरेलले जानकारी दिनुभएको हो।
त्यसैगरी मिनि फुटबल (फुट्सल) तर्फ प्रथम, द्वितीय पुरस्कार क्रमश नगद रु ८,००० ट्रफी, मेडल र प्रमाण-पत्र, ४,००० ट्रफी, मेडल र प्रमाण पत्र त्यसै गरि बेस्ट प्लेयरलाई पनि नगदी पुरस्कार रहेको छ।
टीम दर्ता शुल्क क्रीकेट तर्फ दुइ हजार मात्र र फुट्सल तर्फ एक हजार दुई सय मात्र लाग्ने छ। कार्तिक ४ गते साझ ४ बजे सम्म नै टीमले नाम दर्ता गराइसक्नु पर्न कुरा फुट्सल खेल संयोजक आभुषण खरेलले जानकारी दिनुभयो