समाजसेवी प्रदिप घिमिरे अमूल्य रामेछापको मन्थली नगरपालिकाद्वारा सम्मानित!

रामेछाप।रामेछाप जिल्ला मन्थली नगरपालिकाको नवौं स्थापना दिवसको अवसरमा समाजसेवी घिमिरेलाई सम्मान गरेको छ । समाजसेवी प्रदिप घिमिरेलाई नगरपालिकाककी उपप्रमुख ईश्वरी बस्नेतले नगद सहित प्रशंसापत्र हस्तान्तरण गरेकी थिइन् ।

कोरोनाको सुरुवाती समय देखी काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न मठ, मन्दिर, पाटीपौवा, सडकपेटी र पुलमूनी जीवन बिताइरहेका गरीब, दुःखी, अशक्त एवम् असहाय व्यक्तिहरुलाई रातको खाना खुवाउँदै आएका समाजसेवी घिमिरेलाई नगरपालिकाले सम्मान गरेको हो ।

रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं. ४ का घिमिरेले सामाजिक सेवाको क्षेत्रमा गरेको कामको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाले उनलाई सम्मान गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् । सम्मान ग्रहण गर्दै घिमिरेले आफ्नो यो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए । नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै उनले समाजका लागि आफू अनवरत रुपमा अघि सर्न तयार रहेको बताए ।

धर्म, संस्कार, संस्कृति, भोजन, सेवा, अध्यात्म लगायत विभिन्न क्षेत्रमा अनुभव बटुल्दै आएका घिमिरे अहिले समाजसेवा र साहित्यिक क्षेत्रमा अग्रसर रहेका छन् । समाजमा रहेका हरेक नेपाली जनताहरुलाई आफुले जसरी सेवा गर्न सकिन्छ, त्यसरी नै सेवा गर्न उनले आग्रह समेत गरेका छन् ।

धर्म, कर्ममा विश्वास गर्ने र अलि भावुक भएका कारण आफुले कसैको पनि आखाँमा आँसु देख्न नसक्ने उनको भनाई छ ।

घिमिरे सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । उनले विभिन्न विषयमा कलम चलाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here