गुल्मीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव भोली देखि सुरु

महेन्द्र कौशल। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ इन्द्रेगौंडामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको तिब्र रुपमा तैयारी भैरहेको छ। विगतका वर्षमा जस्तै यो वर्ष पनि पौष ७,८ र ९ गते विविध खेलकुद, रचनात्मक कार्यक्रम तथा भब्य सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको कुरा विद्यालयका शिक्षक नारायण खरालले अमलाबोट अनलाइनलाइ जानकारी दिनु भएको हो।

पौष ७ र ८ गते विद्यार्थीका विभिन्न कार्यक्रम जस्तै अन्तरसदनात्मक भलिबल,कबड्डी,गणित दौड,हाइ जम्प,लङ्ग जम्प,हाजिरीजवाफ,नृत्य लगायत अनेक रोमाञ्चक खेलहरु हुने र ९ गते औपचारिक रुपमा उत्घाटन, अभिभावक सम्मान तथा अभिभावकको लागि कुर्ची दौड र विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत जस्ता विभिन्न कार्यक्रम गरि मनाउने व्यहोरा वर्तमान प्रधानाध्यापक बाबुराम शर्माले बताउनु भयो।

हरेक वर्ष पौष महिनामा ३ दिनमा सक्ने गरि मनाउदै आएको विद्यालयको जन्मोत्सवलाइ भब्य र सब्य बनाउनको लागि सबैको उत्तिकै भूमिका हुने भएकोले अभिभावक, संस्थापक सदस्य, सल्लाहकार, चन्दादाता, अर्थ संकलन समिति, पूर्व शि.स. पूर्व शि.अ.स, बुद्धिजिवी समाजसेवी, जनप्रतिनिधि, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा संस्थामा प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नु हुने सम्पूर्णमा उपस्थितको लागि अनुरोध गरिएको कुरा प्रधानाध्यापक शर्माले बताउनु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here