पुर्व मन्त्री गोकर्ण विष्ट र डा.चन्द्र भण्दारीद्वारा काठमाडौमा ओम तन्दुरी होटल उद्घाटन

महेन्द्र कौशल। माघ २८ गते बिल्कुलै नयाँ भवनका साथमा गुल्मी दुबै क्षेत्रका प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री गोकर्ण विष्ट र डा.चन्द्र भण्दारीद्वारा काठमाडौ कालोपुलमा औपचारिक रुपमा ओम तन्दुरी होटल उद्घाटन भएको हो। गुल्मीको मुसिकोट नगरपालिका ५ आँटिघर घर भएका चेतन अर्याल करिबन १५ वर्ष जापानमा अनुभव बटुलेर अहिले यहि काठमाडौमा नै भयंकर होटेल संचालन गर्ने भएका छन्।

गुल्मीका युवा नेता डा.चन्द्र भण्डारीले होटेल मालिकलाई सहराउदैँ हाम्रै नेपालमा दक्ष ब्यक्तिले केही हद सम्म रोजगार पाउने भए। नेपालमै व्यापार व्यवसाय बढाउन चाहानु उहाँको महानता हो भनेर भन्नू भएको थियो। हामी सरकारमै हुँदा बिदेश जानबाट रोक्नकै लागि गर्ने काम झ्वाट्ट देखिन्थिएन एक नेपालीले हाम्रै अगाडि भयंकर भवन खडा गरेर दर्जनौ दक्ष कामदार कजाइरहेको देख्दा प्रफुल्लित भएको कुरा पुर्व मन्त्री गोकर्ण बिष्टको भनाइ थियो।
“देशमा रहेका दक्ष ब्यक्ति र बिदेशमा रहेर कैयौ अनुभव बटुएर पनि आफ्नै देशमा केही गर्न नपाउनुको पिडालाइ बुझेर दर्जनौं कामदारले काम पाउने गरि यो होटल संचालनमा ल्याएको हुँ” देश तथा विदेशमा रहेका लोकप्रिय् सबै खाना पाइने गरि संचालन गरिएको होटेमका प्रमुख चेतन अर्यालको भनाइ थियो भनेर सहकर्मी साथी समुन्द्र अर्यालले अमलाबोट अनलाइनलाइ जानकारी दिनुभएको थियो।

विभिन्न प्रजातीका टिपिकल नेपाली खाना र नेपालीलाई बिदेश खानाको स्वाद प्रस्कने ओम तन्दुरी होटलका प्रमुख चेतनको उद्धेश्य हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here