Amalabot Online

स्वास्थ्य

देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

Breaking news 1, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । देवदह नगरपालिकाले डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्ब ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् । देवदहले आर्थिक वर्ष ०८१÷८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व बांडफांड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ । गतवर्ष करिव १ अर्ब ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ । झण्डै १८ करोड रूपैयाँ वृद्धि गरिएपनि आन्तरिक आयमा भने सोही अनुसार वृद्धि भएको देखिदैन । गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व...
गुल्मीमा ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु , दुईको अवस्था गम्भीर

गुल्मीमा ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु , दुईको अवस्था गम्भीर

Breaking news 1, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी। गुल्मीको  सदरमुकाम  तम्घास   नजिकै ट्याक्टर   दुर्घटना हहुँदा   एक  जना  बालकको  ज्यान  गएको  छ  ।  घाइते  दुई  जना  युवाको   अवस्था   गम्भीर   रहेको   छ  ।तम्घास  सिमलटारी सडकखण्डको  रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २   दुनानका    ७  वर्षीय  बालक  शिव वि।क को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार, मृतक बालक टिकाराम वि।क का छोरा हुन् । उनी ट्याक्टरका सहचालकसँग नाता पर्ने भएकोले ट्याक्टरमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकोमा  गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो । ट्याक्टर सडकबाट अन्दाजी ६०र७० मिटर तल खसेको थियो । ट्याक्टर चालक धुर्कोट गाउँपालिकम ...
चन्द्रकोटमा ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम

चन्द्रकोटमा ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम

Breaking news 1, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी। चन्द्रकोट  गाउँपालिका  गुल्मीको आयोजना तथा तुराङ बहुप्राविधिक शिक्षालय मजुवा गुल्मीको समन्वयमा संचालित ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, तुराङ बहु प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख प्रदिपराज पाण्डे, तालिमका प्रशिक्षक गोविन्द पोखरेल लगायतको उपस्थिति रहेको थियो। कुल २२ जना सहभागी रहेको उक्त कार्यक्रम २०८१ बैशाख ७ गतेदेखि संचालन भएको थियो। ...
चन्द्रकोट गाउँपालिकाको बजेट ५० करोड ३४ लाख !

चन्द्रकोट गाउँपालिकाको बजेट ५० करोड ३४ लाख !

अर्थ, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँ बराबरको बार्षिक बजेट सार्वजनिक गरेको छ । १५ औ गाउँसभाको दोश्रो बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले आगामी आर्थिक वर्षको आय व्यय सहितको बार्षिक बजेट प्रस्तुत गर्नुभएको हो । जसमध्ये चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ अर्थात कुल बजेटको ६२.४१ प्रतिशत र पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ अर्थात कुल बजेटको ३७.५९ प्रतिशत रहेको छ । बैठकले सभा समक्ष उपाध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पनि पारित गरेको छ । याे समाचार जिटिभीअन्लाइनबाट साभार गरिएकाे हाे । ...
एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

Breaking news 1, समाचार, स्थानीय सरकार, स्वास्थ्य
३२ जेठ, गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए । ११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए । निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाए । ११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यसपटकको १२ औं जिल्ला अधिवेशनमा भने उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । सचिवमा धर्म विश्वकर्मा विजयी भए । विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी ...
गुल्मीदरवार पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा !

गुल्मीदरवार पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा !

Breaking news 3, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीदरवार गाँउपालिकाकालाइ पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा गरिएको छ । प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले गुल्मीदरवार गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वासथ्य संस्थायुक्त गाउँपालिका सुनिश्चित घोषणा गरेका थिए । घोषणाको लागि २०७६ साल फागुनमा गुल्मीदरवार गाउँपालिकाको पालिका स्तरिय पोषण तथा खाद्ध सुरक्षा निर्देशक समिति गठन भएको थियो । समितिको बैठकले १७ बुदे प्रतिबद्धता जारि गरि पोषण तथा स्वस्थ्यको क्षेत्रमा रचनात्मक काम गर्दै आएको थियो । तीन बर्षको निरन्तर प्रयासपछि गत बर्ष जेठ ६ गते नेपालमै पहिलो पटक गुल्मीदरवार गाउँपालिकालाइ पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाउपालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । स्वास्थ्य संस्थाहरुमा प्रोटोकल अनुसार तौल अनुगमन, तौल अ...
चन्द्रकोटको सिद्धबाबा धाम मन्दिर परिसरमा फलफूलका बिरुवा राेपण

चन्द्रकोटको सिद्धबाबा धाम मन्दिर परिसरमा फलफूलका बिरुवा राेपण

लोकप्रिय, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
कमल खत्री, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा दिगो भविष्य दिगो वातावरण सँग हाम्रो जीवन गहिरो रूपमा सम्बन्धित छ । “हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नारासहित चन्द्रकोट गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा रहेको स्थित सिद्ध बाबा धामको मन्दिर परिसरमा विभिन्न प्रजातिको फलफूलका बिरुवाहरू राेपण गरिएको छ । उक्त वृक्षारोपण कार्यक्रममा चन्द्रकोट गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी । प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, चन्द्रकोट ७ रुपाकोटका वार्ड अदक्ष्य अनन्तराम भण्डारी दिदि बहिनि कार्यालय व्यवस्थापक तथा कर्मचारीहरू लगायत स्थानीयकाे उपस्थितिमा वृक्षरोपण गरिएको हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । ...
चन्द्रकोट गाउँपालिका गुल्मीमा खुल्यो कपडा बैंक !

चन्द्रकोट गाउँपालिका गुल्मीमा खुल्यो कपडा बैंक !

Breaking news 1, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिल्ला मै पहिलो पटक कपडा बैंङ्क स्थपना भएको छ । मंगरबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर शान्तिपुरमा आयोजित एक औपचारिक कार्यक्रम गदै बसर्पाकमा कपडा बैंङ्कको शुभारम्भ गरिएको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले शान्तिपुर बसपार्कमा राखिएको संकल्न बक्स खोली उद्घाटन गर्नुभएको थियो । उद्योग बागिाज्य संघ शान्तिपुरको सहयोगमा कपडा बैंङ्कको स्थापना गरिएको हो । यो गुल्मी जिल्ला मै पहिलो पटक स्थापना गरिएको छ । मानवीय कार्य अन्र्तगत क्लोथ बैंङ्कको स्थापना गरिएको उद्योग बाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । उहाँले सबैले आफ्ना पुराना कपडाहरु कपडा बैंङ्कमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्क असरलाई समेत न्युनिकरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिकाका...
वामीमा ‘डिप बोरिङ’को सफल परिक्षण : प्रतिसेकेण्ड ७ लिटर पानी निस्कियो !

वामीमा ‘डिप बोरिङ’को सफल परिक्षण : प्रतिसेकेण्ड ७ लिटर पानी निस्कियो !

Breaking news 1, समाचार, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । सुक्खा सिजनमा गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा हुने खानेपानीको अभाव टार्न डिप बोरिङ मार्फत खानेपानी निकालिएको छ । वडा नं ७ वडा कार्यालयले १ सय ४५ मिटर गहिरो जमिनबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो । बोरिङ प्रविधि मार्फत निकालिएको पानीको बिहिवार सफल परिक्षण गरिएको छ । वामीटक्सार स्थित जिपपार्क नजिकै सडक माथि डिप बोरिङ मार्फत खानेपानी निकालिएको हो । करिब १ सय ४५ मिटर गहिरो खाडल निर्माण गरी पानी तानिएको छ । भारतिय इन्जिनियरसहितको प्राविधिक टोलीले करिब एक महिना लगाएर उक्त क्षेत्रमा पानी भए नभएको परीक्षण गरेको थियो । त्यसपश्चात मेसिन सहित खाडल खनेर पाईप राख्ने काम भएको थियो । ६०मिटरको गहिराईमा मटर जडान गरिएको छ । डिप बोरिङ मार्फत अहिले प्रतिसेकेन्ड ७ देखि ९ लिटरका दरले पानी निस्किएको मुसिकोट नगरपालिकाका प्रवक्त...
वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

Breaking News 2, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । वामी विश्व सम्पर्क मञ्चले साविकको वामी गाउँविकास समिति भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । मञ्चले प्रत्येक वर्ष उपल्लो कक्षाबाट उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ जना छात्रालाइ जेहन्दार छात्रवृत्ति र १ जनालाई विपन्न छात्रवृत्ति गरी एक विद्यालयका ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही कार्यक्रम बमोजिम आईतबार विद्यालयमै पुगेर छात्रवृत्ति प्रदान गरिएको वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । जसमध्ये महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका वामीटक्सारमा ४ जना विद्यार्थी र शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामीमैदान, जनज्योति प्राथमिक विद्यालय सेरा, मालारानी प्रा.वि.मालारानी, भगवती प्राथमिक विद्यालय काफलटोला, खड्क देवि प्राथमिक विद्यालय भलेका तथा कृष्णनारायण प्राथमिक विद्यालय परुवाका ३...