गुल्मीमा बेवारिसे शव फेला
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा एक बेवारिसे शव फेला परेको छ । उक्त वडाको सिम्ले भन्ने स्थानको एक खोलामा बिहिबार साँझ अन्दाजी ३२ वर्र्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।
प्रहरीका अनुसार, फेला परेको शव सडकबाट टाढा रहेको र त्यस स्थानमा लगातार पानी परिरहेकोले शव निकाल्नको लागि समस्या भइरहेको छ । हालसम्म फेला परेको शवको पहिचान हुन सकेको छैन् । स्थानीयले शव देखेपछि आफुहरुलाई खबर गरेकोले आफुहरु घटनास्थलमा आइपुगेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक ठकुरीले बताए । उनका अनुसार, त्यस गाउँबाट एक जना पुरुष विगत केही दिनदेखि हराइरहेको भन्ने निवेदन प्रहरीकोमा आएकोले संकाको बिषय रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले शव फेला परेको जानकारी ...