Amalabot Online

मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मसिंर १० गते सार्वजनिक बिदा दिने भएको छ ।

नगरकार्यपालिकाको कार्तिक २१ गते बसेको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो ।

विशेष गरी कार्तिक शुक्ल चतुर्दशी (वैकुण्ठ चतुर्दशी) दिन मुसिकोट नगरपालिकाकै ऐतिहासिक एवम् धार्मिक क्षेत्र कुर्घा मालिका मन्दिरमा विशेष मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको उहाँको भनाई छ ।

मालिकामा बैकुण्ठ चर्तुदशीको अवसरमा विशेष पुजाआजा हुने गर्दछ । पुजा आजाका लागि गुल्मी लगायत पाल्पा, अर्घाखाँची, वाग्लुङ्घ, प्यूठान, स्याङ्जा लगायतका जिल्लाहरूवाट सयौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् ।

मालिका मन्दिरमा पुगेपछि श्रद्धालुहरूले मन्दिर नजिकै रहेको ढुङ्गाको कापवाट निस्कीयको पानीले नुहाउँने आफुले लगेका भाकलहरूको वली दिने, परेवा चढाउने र चिच्चाएर वर माग्ने प्रचलन रहेको छ । मालिका मन्दिरमा रहेकी देवताले कान कम सुन्ने भएका कारण त्यहाँ चिच्चाएर वर माग्ने फरक प्रचलन समेत रहेको छ ।

सोही अवसरमा मालिका मेला मूल समारोह समिति र मुसिकोट नगरपालिकाको संयुक्त आयोजनामा मसिंर ६ गतेदेखि १० गतेसम्म ५ दिने मुसिकोट मालिका पूणर्िमा मेला समेत लाग्दैछ । महोत्सवमा मालिका मन्दिर र त्यस क्षेत्रको प्रचार प्रसार संगै स्थानीय कला संस्कृतिको प्रर्दशन, खुल्ला अन्तरपालिका वडास्तरीय भलिवल प्रतियोगिता,वडास्तरीय लोक गीत तथा लोक नृत्य प्रतियोगीताका साथमा स्थानीय मौलिक लोक भजन, सोरठी नृत्य, लाखे नाँच, टोटे नाँच, घाटु नाँच प्रदर्शनी लगायतका विविध कार्यक्रम रहने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *