Amalabot Online

Breaking news 1

गुल्मीमा २१ वर्षीय युवा मृत फेला

गुल्मीमा २१ वर्षीय युवा मृत फेला

Breaking news 1, समाचार
गुल्मी । गुल्मीमा २१ वर्षीय युवा मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरका २१ वर्षीय टीकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गतेदेखि हराइरहेका युवा सोही वडामा मदन भण्डारी राजमार्गकाे तल भिरको रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए । ...
गुल्मीमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम

गुल्मीमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम

Breaking news 1, समाचार
गुल्मी – गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए । उनका अनुसार विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरिएको हो । पछिल्लो पीढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनिहरुलाई पनि सहभागि गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साह पूर्वक सहभागि हुने गरेको विद्यालयले जनाएको छ । सालको पातबाट तयार गरिने दुना–टपरी विभिन्न धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ ...
बुटवल उपमहानगरपालिका द्वारा बुटवल जेसीज सम्मानित ।

बुटवल उपमहानगरपालिका द्वारा बुटवल जेसीज सम्मानित ।

Breaking news 1, समाचार
बुटवल । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फाल्गुण ३ गते आयोजित स्थापना दिवस समारोहमा बुटवल उपमहानगरपालिकाले बुटवल जेसीजलाई सम्मान गरेको हो । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बुटवल जेसिजलाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको हो । बुटवल जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि विनोद घिमिरेले उक्त सम्मान ग्रहण गरेका थिए । ५० वर्षको विरासत बोकेको बुटवल जेसीज बुटवलको अग्रणी स्थानमा रहेको उदाहरणिय संस्था हो ।बुटवल उपमहानगरपालिकाले फागुन ३ गते आफ्नो स्थापनाको ६५ औं वर्षको अवसरमा एक समारोहका बिच जेष्ठ नागरिक, पत्रकार, सामाजिक अभियान्ता, उत्कृष्ट करदाता लगायत सहयोगी संघ संस्थालाई सम्मान गरेको छ । ...
विविध कार्यक्रमका साथमा प्रथम फर्वाड मिडिया कप-२०८० संचालन हुदै

विविध कार्यक्रमका साथमा प्रथम फर्वाड मिडिया कप-२०८० संचालन हुदै

Breaking news 1, समाचार
बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ । सो अवसरमा फर्वाड खबर डटकमले विशेष कार्यक्रम आयोजना गर्दै छ। फर्वाड खबरले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर प्रथम फर्वाड मिडिया कप-२०८० तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको फर्वाड नेपाल मल्टिपर्पोज कम्पनीका अध्यक्ष गोविन्द प्रसाद भुसालले जानकारी दिनुभयो । अध्यक्ष भुसालका अनुसार प्रथम फर्वाड मिडिया कप-२०८० अन्तर्गत क फर्वाड मिडिया टि टेन (10) क्रिकेट कप र फर्वाड फुट्सल कपको आयोजना गरिएको छ । भने कार्यक्रमको मुख्य प्रायोजकको रुपमा ग्यास्ट्रो सेन्टर बुटवल प्रा.लि रहने छ ।यस्तै फर्वाड मिडिया टि टेन क्रिकेट कपको विजेता टिमले एघार हजार एक सय एघार रुपैया,कप,मेडल र प्रमाणपत्र पाउनेछ ।भने प्रथम पुरस्कार गुल्मी जिल्ला मदाने गा...
बुटवल जेसिजको आयोजनामा माघ २७ Multi Chapter LOM Officer Training हुँदै

बुटवल जेसिजको आयोजनामा माघ २७ Multi Chapter LOM Officer Training हुँदै

Breaking news 1, समाचार
बुटवल । बुटवल जेसिजले यहि माघ २७ गते एक दिने Multi Chapter LOM Officer Training संचालन गर्ने भएको छ । तालिमको विश्वविद्यालय भनेर चिनिने जेसिज संस्था अन्तर्गतको ५० बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले Multi Chapter LOM Officer Training को आयोजना गरेको हो । बुटवल जेसिजका सल्लाहकार तथा पुर्व अध्यक्ष एवं सदस्यहरुलाई र इच्छुक शाखाका जेसिहरुले २७ गते LOM Officer Training लिन सक्ने बुटवल जेसिज वर्ष २०२४ का महासचिव जेसी केशव श्रीसले जानकारी दिनुभयो । जेसिज एउटा परिवार भएकाले बन्धुत्वको भावना अनुरुप जेसिजको आस्थालाई आत्मासात् गर्दै जुनसुकै जेसिज शाखाका जेसीहरुले पनि तालिम लिन सक्ने अवसर प्रदान गरेको बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले बताउनु भयो । साथै जेसीहरुले आफ्नो कर्तव्य र दायित्वमा स्पष्ट हुनका लागि यो तालिम आफैमा अत्यन्तै महत्त्वपूर्ण अवसर भएको समेत उहाँले बताउनुभयो । ...
मलद्वारबिहिन बालकलाई उपचारमा समाजसेवी पाण्डेको सहयोग

मलद्वारबिहिन बालकलाई उपचारमा समाजसेवी पाण्डेको सहयोग

Breaking news 1, समाचार
गुल्मी । गुल्मीमा आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका मलद्वारबिहिन बालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गुल्मीका समाजसेवी तथा अगुवा रक्तदाता धुव्र पाण्डेको सहयोगमा बिरामी बालकलाई उपचारका लागि पठाइएको हो । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १४ रातामाटाका बाबुराम बिक र कमला बिकका सात वर्षीय छोरा आशिष बिकको जन्मदेखि नै मलद्वार थिएन । कम्मरको बायाँ तर्फमा प्वाल बनाएर दिसा गर्दै आएका आशिषको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन । आशिषलाई उपचारको लागि गत कार्तिकमा गुल्मी अस्पताल ल्याइएको थियो । त्यस क्रममा रक्तदाता समाजसेवी धुव्र पाण्डेले बालकको अवस्था देखेपछि आफ्नै पहलमा उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लाग्ने करिब छ लाख रुपैयाँ सहजीकरण गरी जुटाएका छन् । १२ पुस २०७४ मा घरमै जन्मिएका आशिषको मलद्वार नै थिएन । उनको मूत्र...
मेची-महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियानको ३४ औं कार्यक्रम रुपन्देहीमा सम्पन्न

मेची-महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियानको ३४ औं कार्यक्रम रुपन्देहीमा सम्पन्न

Breaking news 1, समाचार, स्वास्थ्य
रुपन्देही। रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जागाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ । अभियानको ३४ औ कार्यक्रम आज भैरहवा, रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको हो ।गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले रुपन्देही सम्म आईपुग्दा देशका विभिन्न ३४ स्थानहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियान अन्तर्गत अवको कार्यक्रम कैलाली, बाके , सुर्खेत , दाङ , कपिलवस्तु , नवलपुर र चितवनमा कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुन बाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनु...
मुसिकोट नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु !

मुसिकोट नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु !

Breaking news 1, खेलकुद, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सोमबार देखि सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं-४ स्थित ग्वादिकाचौर खेल मैदानमा सुरु भएको प्रतियोगीताको नगरप्रमुख जीवलाल खरेल जीवनले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले खेलाडीहरुलाइ उत्साहका साथ खेलमा सहभागी भई भविष्यमा ठुला खेलहरूमा प्रतिष्प्रधा गर्ने गरी तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । विगतका वर्षहरुमा जस्तै जिल्ला स्तरीय प्रतियोगीतामा समेत उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै प्रथम बन्न आग्रह गर्दै उहाँले त्यस्ता खेलाडीहरुलाई नगरपालिकाले सम्मान गर्ने स्पष्ट पार्नुभयो । खेलकुद क्षेत्रमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । “खेलमा निरन्तरता दिने गरि खेल्नुहोस्, त्यसमा सहयोग गर्न नगरपालिका तैयार छ, मनफुकाएर नगरले लगानी...
कठिन संघर्षको अर्को नाम विष्णु सापकोटा: बनिन् राष्ट्रिय सभा सदस्यमा उम्मेदवार

कठिन संघर्षको अर्को नाम विष्णु सापकोटा: बनिन् राष्ट्रिय सभा सदस्यमा उम्मेदवार

Breaking news 1, समाचार
गुल्मी: आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट विष्णु सापकोटा उम्मेदवार बनेकी छन्। सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा रहेकी छन्। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मेकी सापकोटाले २०३६ सालदेखि नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेकी हुन्। पहिलेको त्यो समयमा महिलाहरुले राजनीति गर्न निकै कठिन अवस्था थियो।महिलाले घरको काम गर्नु पर्छ, विहे गरेर जानुपर्छ भनेर घरबाट राजनिति गर्न दिने चलन पनि थिएन। तर त्यो संघर्षलाई चिर्दै सापकोटाले भने सानै उमेरदेखि महिला पुरुष बिच विभेद हुनुहुदैन भन्दै नेतृत्व गर्दै आइन। गुल्मी जिल्लाको वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दा नेविसंघको सदस्य बनेर राजनिति प्रवेश गरेकी थिइन। २०४२ सालखेखि नेपाली ...
दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

Breaking news 1, समाचार
दाङको भालुबाङ्मा बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजे पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य १७ जना घाइते छन् । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।धेरै जनाको बसले च्यापिएर मृत्यु भएको बताईएको छ । घाइतेहरुलाई उपचारका लागि लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ ।इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन । बस पुलको रेलिङ भाँच्दै राप्ती नदीमा खसेको छ ...