
गुल्मेली समाज जापानको मुल आयोजना तथा मुसिकोट नगरपालिकावाट जापानमा रहेका ९ वटै वार्डहरुका संघसंस्थाहरुको सह आयोजनामा नेपाल देखि जापान भ्रमणमा आउनु भएको मुसिकोट नगरपालिकाका मेयर आदरणिय श्री जीवलाल खरेल (जीवन)ज्युको स्वागत तथा सम्मानार्थ आयोजित “सम्मान ,अन्तरकृया तथा भेटघाट सहित डिनर कार्यक्रम २०२५ टोकियो सिनओकुवो जापानमा सम्पन्न भएको छ॥
गुल्मेली समाज जापानको प्रवक्ता एंव वामी सेवा समिती जापानको अध्यक्ष दिलिप थापाको संचालन रहेको कार्यक्रममा कार्यक्रमको अध्यक्षता सोही संस्थाको अध्यक्ष एंव युवा समाजसेवी महेन्द्र कुमार अधिकारी रहनुभएको थियो॥ कार्यक्रमको प्रमुख अतिथी मुसिकोट नगरपालिकाको मेयर जीवलाल खरेल (जीवन) ज्यु , अन्य अतिथीहरुमा एरआरएनए जापानको अध्यक्ष नविन निउरे .एनआरएनए जापानको महासचिव टीकाराम खरेल,एनआरएनए उपाध्यक्ष सिद्गार्थ श्रेष्ठ,उपाध्यक्ष सुभास लामिछाने , गुल्मेली समाज जापानको संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार ज्युहरु, वामी सेवा समिती जापानको पुर्व अध्यक्ष एंव संरक्षक शुरेस के सी,वामी सेवा समिती जापानको पुर्व अध्यक्ष एंव संस्थाको वरिष्ठ सल्लाहाकार किसन शर्मा ज्यु, मुसिकोट नगरपालिकाको ९ वार्डहरुको संघसंस्थाको अध्यक्ष एंव पदाधिकारी ज्युहरु ,अन्य संघसंस्थावाट पाल्नुभएको अतिथीगणहरु, (अन्य अतिथीको नाम छुटेकोमा क्षमा प्राथी छु)।
नेपालवाट जापान भ्रमणमा पाल्नु भएको अभिभावक ज्युहरु तथा मुसिकोट नगरवासी एंव गुल्मेली जनसमुदायको वाक्लो उपस्थिती रहेको थियो॥ साथै नगरप्रमुखलाई आयोजक संस्था एंव सहआयोजक संघसंस्थावाट विशेष सम्मान गरिएको थियो र नगरप्रमुखवाट मुसिकोट नौमति मन्चेवाजा टिम सदस्यलाई विशेष सम्मान गरिएको थियो॥साथै नेपालवाट जापान भ्रमणमा आउनु भएको अभिभावकलाई पनि सम्मान गरिएको थियो। मुसिकोट नगरपालिका र जापानको वुंगो ओनो नगरसॅग भागिनी सम्वन्ध स्थापित गराउन विशेष भुमिका निर्वाह गर्नुभएको एनआरएनए जापानको पुर्व अध्यक्ष एंव समाजसेवि रोशन केसी ज्युलाई सम्मान गरिएको थियो॥
नेपालको झल्को मेटाउने पन्चे वाजावाट भरपुर मनोरन्जन दिनुहुने मुसिकोट नौमति पन्चे वाजा समुहको अध्यक्ष एव गुल्मेली समाज जापानको उपाध्यक्ष ईन्द्र थापा लगायत टिमको अथक प्रयासलाई नमन व्यक्त गर्दै आज कैद गरिएका केही तस्विरहरु…..



