Amalabot Online

स्वास्थ्य

बुटवलमा शनिबार आधारभुत भाषणकला तथा Public Speaking तालिम हुँदै ।

बुटवलमा शनिबार आधारभुत भाषणकला तथा Public Speaking तालिम हुँदै ।

Breaking news 1, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल। असोज ५ गते शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा Basic Puplic speaking training हुँदै छ । बुटवल -९ रुपन्देहीमा अवस्थित देउराली कम्युनिकेसन टेक्नोलोजी प्रा.लि. ले व्यक्तित्व र नेतृत्व विकास गर्ने हेतुले चाडपर्व लक्षित छुट सहित Public Speaking training प्रदान गर्ने तालिम संयोजक बिपिन पाण्डेले बताएका छन् । कम्पनीले विभिन्न तालिमहरु Basic, intermediate र Advance Course मार्फत संचालन गरिरहेको जानकारी गराउँदै अबको संसार बोल्नेहरुको मुट्ठीमा रहेको बताउने तालिम सुवर्ण अवसर रहेको अभिव्यक्त गरेका छन् । तालिममा मिडिया पार्टनरको रुपमा अमलाबोट अन्लाईन र देउराली अन्लाईन रहेका छन् । आफू भित्र भएको डरको भुतलाई अन्त्य गरि उच्च मनोबल र आत्मविश्वासका साथ प्रस्तुत हुने सामर्थ्य राख्न फो. 9857074745 मा सम्पर्क गरि नाम दर्ता गर्न सक्नुहुनेछ । ...
रेसुङ्गा नगरले डेढ सय बिद्यार्थीलाई झन्डै बीस लाख छात्रवृत्ति दियो !

रेसुङ्गा नगरले डेढ सय बिद्यार्थीलाई झन्डै बीस लाख छात्रवृत्ति दियो !

Breaking news 1, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
सुमन महतारा गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले गत आर्थिक बर्षमा ३.२ जिपिए लिएर नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा पढ्ने एक सय चाैन्न बिद्यार्थीलाई छात्रवृत्ति दिएको छ । नगरपालिकाले नगरपालिका भित्रको बिद्यार्थी र उसले नगर भित्रकै सामुदायिक बिद्यालयमा पढ्ने र ३.२ जिपिए लिएको बिद्यार्थीलाई मासिक हजारका दरले प्रति बिद्यार्थी बार्षिक १२ हजार उपलब्ध गराइएको रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले बताए । उनले १५४ जना ३.२ जिपिए ल्याउने बिद्यार्थीलाई मासिक हजारका दरले अठार लाख अड्चालिस हजार रुपैयाँ बिद्यार्थीकाे खातामा उपलब्ध गराइएको उनले जानकारी दिएका छन । नगरपालिकाले बिद्यार्थीकाे आकर्षण बढाउन र रेसुङ्गालाइ शिक्षा क्षेत्रकाे हव बनाउँनका लागि देशको जुनसुकै ठाउँकाे बिद्यार्थी एसइइ मा ३.२ जिपिए लिएर नगरपालिका भित्रकाे जुनसुकै सामुदायिक बिद्यालयमा पढ्ने चाहाना...
ठुलो धनराशीका बिच मजुवामा तीज गीत प्रतियोगिता हुदै

ठुलो धनराशीका बिच मजुवामा तीज गीत प्रतियोगिता हुदै

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका -८, तुराङ्ग,मजुवामा खुल्ला तथा स्टेज तीज गीत प्रतियोगिता भोली भदौ १० गते हुने भएको छ। हरितालिका तिजको अवसर पारी मजुवा प्रगतिशील आमा समुहको आयोजनामा हुन गैरहेको उक्त कार्यक्रममा प्रथम पुरस्कारको रुपमा नगद रु तीस हजार र प्रमाणपत्र, द्वितीय पुरस्कारको रुपमा नगद रु पच्चिस हजार र प्रमाणपत्र, तृतीय पुरस्कारको रुपमा नगद रु बीस हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कारको रुपमा नगद रु दस हजार र प्रमाणपत्र रहेको समुहकी अध्यक्ष रेणु श्रीषले जानकारी दिनुभएको हो। त्यस्तै विभिन्न बिधागत पुरस्कारहरु पनि रहेका छन। सर्वोत्कृष्ट नृत्य पुरस्कारको रुपमा नाकमा लगाउने सुनको फुली,उत्कृष्ट नृत्य पुरस्कारको रुपमा एकजोर चाँदिका पाउजु, उत्कृष्ट बाध्यबादक पुरस्कारको रुपमा एउटा मादल, उत्कृष्ट भेषभुषा पुरस्कारको रुपमा सारी र कुर्था त्यसै गरि अनुशासन पुरस्कारको रुपमा एक प्...
गुल्मीको मुसिकोट नगरपालिकामा ‘हाम्रो मुसिकोट’ पुस्तक लागु

गुल्मीको मुसिकोट नगरपालिकामा ‘हाम्रो मुसिकोट’ पुस्तक लागु

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । नगरले कक्षा १ देखि कक्षा ५ सम्म अनिवार्य विषयका रूपमा ‘हाम्रो मुसिकोट’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो । नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । मुसिकोट नगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ५ सम्म उक्त पठन-पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । “हामीले गत वर्ष नै स्थानीय पाठ्यक्रम तयार गरेका हौँ, सोही पाठ्यक्रममा...
लायन्स तथा लियो बुटवल सेन्ट्रलद्वारा लक्ष्मीनगर स्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण ।

लायन्स तथा लियो बुटवल सेन्ट्रलद्वारा लक्ष्मीनगर स्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण ।

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल। लायन्स क्लब अफ बुटवल सेन्ट्रल तथा लियाे क्लब अफ बुटवल सेन्ट्रलकाे संयुक्त आयोजनामा बुटवल -३, लक्ष्मिनगर स्थित पहिरो प्रभावित क्षेत्रमा विभिन्न प्रजातीका २०० बिरुवा रोप्नुका साथै लक्ष्मीनगर पार्कमा सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुर्षोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ लायन बालाराम भट्टराई, द्वितीय भाइस डिस्ट्रीक गभर्नर लायन सन्दीप कसौधन, एरिया ४ का एरिया चिफ लायन दिपक प्रसाद श्रेष्ठ, रिजन १० का रिजन चेयर पर्सन लायन विष्णु प्रसाद उपाध्याय, एरिया सचीव लायन अमृता कार्की पौडेल, जोन २४ का जोन चेयरपर्सन लायन जे. डि. वारसी, क्लस्टर चिफ यमकान्त गैरे तथा लायन्सका सिनियर लायन लिडरहरुको आथित्यता रहेको थियो। विभिन्न सामाजिक व्यक्तित्वह...
गुल्मीमा बाँदरबाट मुक्ति पाउन केरा खेती !

गुल्मीमा बाँदरबाट मुक्ति पाउन केरा खेती !

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । ‘पहिले–पहिले बिहानदेखि साँझसम्म बाँदर धपाउन बारीमै बस्नुपथ्र्यो ।’ गुल्मीको सत्यवती गाउँपालिका–६ जोहाङ्गकी लक्ष्मी ढकालले भनिन्, ‘अहिले केरा खेती रोजेपछि सजिलो भएको छ ।’ लक्ष्मीले आफ्नो खेतबारीमा पहिले–पहिले धान, गहुँ, मकै लगायतका बाली लगाउथिन् । घरदेखि खेतबारी झण्डै १० मिनेटको दुरीमा पर्छ । टाढाको बारी भएका कारण बारीमा नपुग्दै बाँदरको बगालले बारीको बाली खसाप पाथ्र्यो । बाँदरको समस्या लक्ष्मीको मात्रै नभएर सिङ्गो पहाडी भेगको हो । लक्ष्मीले बाँदरसँग हार खाएपछि त्यसको विकल्प खोज्न थालिन र केरा खेती सुरु गरिन् । बाँदरले धेरै नोक्सानी नगर्ने, बजारको कुनै समस्या नभएको, कम लगानी, छिटो उत्पादन र सबै कारोबार नगदमा हुने भएकोले उनले केरा खेती गर्ने योजना बनाइन् । उनी अहिलेसम्म आफ्नो योजनामा सफल पनि भएकी छिन् । ४२ बर्षिया लक्ष्मीले छ बर्ष अघिबाट ५० वटा बिरुवा लगाएर केरा खेत...
गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता

गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता

Breaking News 2, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी: गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की छन् । कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो । मुसिकोट नगरपालिका-१ अरेवा घर भई हाल  वडा-२ स्थित मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ। ...
लियो बुटवल सेन्ट्रलका निर्वाचित अध्यक्ष लियो जीवन शर्माद्वारा पदभार ग्रहण ।

लियो बुटवल सेन्ट्रलका निर्वाचित अध्यक्ष लियो जीवन शर्माद्वारा पदभार ग्रहण ।

Breaking news 1, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल, श्रावण ४ । लियाे क्लब अफ बुटवल सेन्ट्रलकाे १०औ पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम होटल ह्वाईट पान्डा, बुटवलमा सम्पन्न भएको छ । प्रत्येक पदाधिकारीको १ बर्षको कार्यकाल (जुलाइ १ देखि जुन ३०) रहने लायन तथा लियो परम्परा बमोजिम नयाँ लायन बर्षको लागि नयाँ पदाधिकारीको निर्वाचन सम्पन्न गरिन्छ । नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गर्ने पुर्व निर्धारित योजना बमोजिम लायन बर्ष २०२३/२४ का अध्यक्ष लियो विकास टण्डनले बर्ष २०२४/२५ का अध्यक्ष लियो जीवन शर्मालाई पद हन्तान्तरण गरे । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष टण्डनले  जीवन शर्माको अध्यक्षतामा निर्वाचित टिमलाइ सफल कार्यकालको शुभकामना दिदै, क्लबको श्रीबृद्धीको लागि आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता ब्यक्त गरे । पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले क्लबको विभिन्न पदमा निर्वाचित तथा मनोनित पदाधिकारीको परिचय गराउदै आफ्नो ने...
गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

Breaking News 2, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
अनिल खत्री,१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए । पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो । उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली ...
देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

Breaking news 1, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । देवदह नगरपालिकाले डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्ब ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् । देवदहले आर्थिक वर्ष ०८१÷८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व बांडफांड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ । गतवर्ष करिव १ अर्ब ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ । झण्डै १८ करोड रूपैयाँ वृद्धि गरिएपनि आन्तरिक आयमा भने सोही अनुसार वृद्धि भएको देखिदैन । गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व...