Amalabot Online

गुल्मीमा बाँदरबाट मुक्ति पाउन केरा खेती !

गुल्मी । ‘पहिले–पहिले बिहानदेखि साँझसम्म बाँदर धपाउन बारीमै बस्नुपथ्र्यो ।’ गुल्मीको सत्यवती गाउँपालिका–६ जोहाङ्गकी लक्ष्मी ढकालले भनिन्, ‘अहिले केरा खेती रोजेपछि सजिलो भएको छ ।’ लक्ष्मीले आफ्नो खेतबारीमा पहिले–पहिले धान, गहुँ, मकै लगायतका बाली लगाउथिन् । घरदेखि खेतबारी झण्डै १० मिनेटको दुरीमा पर्छ ।

टाढाको बारी भएका कारण बारीमा नपुग्दै बाँदरको बगालले बारीको बाली खसाप पाथ्र्यो । बाँदरको समस्या लक्ष्मीको मात्रै नभएर सिङ्गो पहाडी भेगको हो । लक्ष्मीले बाँदरसँग हार खाएपछि त्यसको विकल्प खोज्न थालिन र केरा खेती सुरु गरिन् ।

बाँदरले धेरै नोक्सानी नगर्ने, बजारको कुनै समस्या नभएको, कम लगानी, छिटो उत्पादन र सबै कारोबार नगदमा हुने भएकोले उनले केरा खेती गर्ने योजना बनाइन् । उनी अहिलेसम्म आफ्नो योजनामा सफल पनि भएकी छिन् ।

४२ बर्षिया लक्ष्मीले छ बर्ष अघिबाट ५० वटा बिरुवा लगाएर केरा खेती सुरु गरिन् । अहिले आफ्नो पुख्र्यौली सम्पत्ती ११ रोपनी जग्गामा मालबोक, डिड्ने, झोब्रि लगायत गरी पाँच प्रकारका केरा लगाएकी छिन् । अधिकाशं केराका बीउ गाउँबाट नै संकलन गरिएका हुन् । केही भने गुल्मीकै रुद्रवेणीबाट ल्याएका बिरुवा छन् ।

केराको प्रति बिरुवा ५० देखि सय रुपैँयासम्ममा किनेको उनको भनाई छ । उनले लगाएको सबै केरा स्थानीय प्रजातीका छन् । एउटा बिरुवाले एक बर्षमा उत्पादन दिन्छ । उत्पादनपछि उक्त बिरुवा मर्छ तर थप तीनवटा बिरुवा उत्पादन गर्छ । जसका कारण अहिले लक्ष्मीलाई केराको बीउ किन्न परेको छैन ।

केराबाट मात्रै बार्षिक छ लाखको आम्दानी

केराको लागि बजारको कुनै समस्या छैन । सबै केरा स्थानीय बजारमै खपत हुने लक्ष्मी बताउछिन् । ‘थुप्रैले अर्डर गर्नुहुन्छ, कतिपय अवस्थामा डोकोमा बोकेर घर–घर लगेर बेच्छु ।’ उनले भनिन्, ‘कतिपयले पुजापाठको लागि पनि लैजानुहुन्छ ।’ उनले एउटा केराबाट बार्षिक पाँच सय देखि दुई हजार पाँच सयसम्म आम्दानी हुने लक्ष्मीले बताइन् । अहिले उनीसँग झण्डै दुई हजार पाँच सय बोट छन् ।

यसबाट उनले बार्षिक पाँच देखि छ लाखसम्म आम्दानी गर्दै आएकी छिन् । घरमा लक्ष्मीसहित श्रीमान, दुई छोरा र एक छोरी छन् । केरा बिक्री गरेको रकमले घरखर्च राम्ररी चल्नुका साथै रकम बचत पनि भएको उनको भनाई छ । केराको साथसाथै लक्ष्मीले दुईवटा भैसीँ पनि पालेकी छिन् । प्रतिकिलो एक हजार पाँच सयका दरले ध्यु बिक्री गरी बार्षिक अढाई लाख कमाउने लक्ष्मीले बताइन् ।

उनको परिवारले व्यवसायीक रुपले केरा खेती गरेपनि सिँचाई सुविधाको भने समस्या रहेको छ । सत्यवती गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुप्रसाद भण्डारीले गाउँपालिका तथा वडाले व्यवसायीक फलफूल खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरेको भन्दै केरा खेतीमा आवश्यक पर्ने सिँचाई सुविधा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *