Amalabot Online

Breaking news 3

ठुलो धनराशीका बिच मजुवामा तीज गीत प्रतियोगिता हुदै

ठुलो धनराशीका बिच मजुवामा तीज गीत प्रतियोगिता हुदै

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका -८, तुराङ्ग,मजुवामा खुल्ला तथा स्टेज तीज गीत प्रतियोगिता भोली भदौ १० गते हुने भएको छ। हरितालिका तिजको अवसर पारी मजुवा प्रगतिशील आमा समुहको आयोजनामा हुन गैरहेको उक्त कार्यक्रममा प्रथम पुरस्कारको रुपमा नगद रु तीस हजार र प्रमाणपत्र, द्वितीय पुरस्कारको रुपमा नगद रु पच्चिस हजार र प्रमाणपत्र, तृतीय पुरस्कारको रुपमा नगद रु बीस हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कारको रुपमा नगद रु दस हजार र प्रमाणपत्र रहेको समुहकी अध्यक्ष रेणु श्रीषले जानकारी दिनुभएको हो। त्यस्तै विभिन्न बिधागत पुरस्कारहरु पनि रहेका छन। सर्वोत्कृष्ट नृत्य पुरस्कारको रुपमा नाकमा लगाउने सुनको फुली,उत्कृष्ट नृत्य पुरस्कारको रुपमा एकजोर चाँदिका पाउजु, उत्कृष्ट बाध्यबादक पुरस्कारको रुपमा एउटा मादल, उत्कृष्ट भेषभुषा पुरस्कारको रुपमा सारी र कुर्था त्यसै गरि अनुशासन पुरस्कारको रुपमा एक प्...
गुल्मीको मुसिकोट नगरपालिकामा ‘हाम्रो मुसिकोट’ पुस्तक लागु

गुल्मीको मुसिकोट नगरपालिकामा ‘हाम्रो मुसिकोट’ पुस्तक लागु

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । नगरले कक्षा १ देखि कक्षा ५ सम्म अनिवार्य विषयका रूपमा ‘हाम्रो मुसिकोट’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो । नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । मुसिकोट नगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ५ सम्म उक्त पठन-पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । “हामीले गत वर्ष नै स्थानीय पाठ्यक्रम तयार गरेका हौँ, सोही पाठ्यक्रममा...
लायन्स तथा लियो बुटवल सेन्ट्रलद्वारा लक्ष्मीनगर स्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण ।

लायन्स तथा लियो बुटवल सेन्ट्रलद्वारा लक्ष्मीनगर स्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण ।

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल। लायन्स क्लब अफ बुटवल सेन्ट्रल तथा लियाे क्लब अफ बुटवल सेन्ट्रलकाे संयुक्त आयोजनामा बुटवल -३, लक्ष्मिनगर स्थित पहिरो प्रभावित क्षेत्रमा विभिन्न प्रजातीका २०० बिरुवा रोप्नुका साथै लक्ष्मीनगर पार्कमा सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुर्षोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ लायन बालाराम भट्टराई, द्वितीय भाइस डिस्ट्रीक गभर्नर लायन सन्दीप कसौधन, एरिया ४ का एरिया चिफ लायन दिपक प्रसाद श्रेष्ठ, रिजन १० का रिजन चेयर पर्सन लायन विष्णु प्रसाद उपाध्याय, एरिया सचीव लायन अमृता कार्की पौडेल, जोन २४ का जोन चेयरपर्सन लायन जे. डि. वारसी, क्लस्टर चिफ यमकान्त गैरे तथा लायन्सका सिनियर लायन लिडरहरुको आथित्यता रहेको थियो। विभिन्न सामाजिक व्यक्तित्वह...
गुल्मीमा बाँदरबाट मुक्ति पाउन केरा खेती !

गुल्मीमा बाँदरबाट मुक्ति पाउन केरा खेती !

Breaking news 3, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । ‘पहिले–पहिले बिहानदेखि साँझसम्म बाँदर धपाउन बारीमै बस्नुपथ्र्यो ।’ गुल्मीको सत्यवती गाउँपालिका–६ जोहाङ्गकी लक्ष्मी ढकालले भनिन्, ‘अहिले केरा खेती रोजेपछि सजिलो भएको छ ।’ लक्ष्मीले आफ्नो खेतबारीमा पहिले–पहिले धान, गहुँ, मकै लगायतका बाली लगाउथिन् । घरदेखि खेतबारी झण्डै १० मिनेटको दुरीमा पर्छ । टाढाको बारी भएका कारण बारीमा नपुग्दै बाँदरको बगालले बारीको बाली खसाप पाथ्र्यो । बाँदरको समस्या लक्ष्मीको मात्रै नभएर सिङ्गो पहाडी भेगको हो । लक्ष्मीले बाँदरसँग हार खाएपछि त्यसको विकल्प खोज्न थालिन र केरा खेती सुरु गरिन् । बाँदरले धेरै नोक्सानी नगर्ने, बजारको कुनै समस्या नभएको, कम लगानी, छिटो उत्पादन र सबै कारोबार नगदमा हुने भएकोले उनले केरा खेती गर्ने योजना बनाइन् । उनी अहिलेसम्म आफ्नो योजनामा सफल पनि भएकी छिन् । ४२ बर्षिया लक्ष्मीले छ बर्ष अघिबाट ५० वटा बिरुवा लगाएर केरा खेत...
गुल्मीदरवार पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा !

गुल्मीदरवार पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा !

Breaking news 3, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीदरवार गाँउपालिकाकालाइ पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा गरिएको छ । प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले गुल्मीदरवार गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वासथ्य संस्थायुक्त गाउँपालिका सुनिश्चित घोषणा गरेका थिए । घोषणाको लागि २०७६ साल फागुनमा गुल्मीदरवार गाउँपालिकाको पालिका स्तरिय पोषण तथा खाद्ध सुरक्षा निर्देशक समिति गठन भएको थियो । समितिको बैठकले १७ बुदे प्रतिबद्धता जारि गरि पोषण तथा स्वस्थ्यको क्षेत्रमा रचनात्मक काम गर्दै आएको थियो । तीन बर्षको निरन्तर प्रयासपछि गत बर्ष जेठ ६ गते नेपालमै पहिलो पटक गुल्मीदरवार गाउँपालिकालाइ पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाउपालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । स्वास्थ्य संस्थाहरुमा प्रोटोकल अनुसार तौल अनुगमन, तौल अ...
स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

Breaking news 3, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर, प्रेसर, थाइराईड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी तथा नशारोग, महिला प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । फजिसियन सेवा तर्फ ५ सय ८०, हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७ जना महिला प्रसुती तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जन तर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९, प्र...
फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु,मेला बैशाख ५ सम्म चल्ने

फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु,मेला बैशाख ५ सम्म चल्ने

Breaking news 3, लोकप्रिय, समाचार, स्थानीय सरकार
फर्साटिकर रुपन्देही ।रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु भएको छ। नेपाली जुत्ता घरको आयोजनामा आयोजित मेलाको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वदेशी उत्पादनलाई प्रवद्धन गर्नुपर्ने बताउनुभयो ।उहाले नेपालमै उत्पादन भएका जुत्ता तथा चप्पल मेलाले पश्चिम क्षेत्रका जनता लाभान्वित हुने बताउनुभयो ।अध्यक्ष बस्यालले मेलाको प्रचारप्रसार गरि जतिसक्दो उपभोक्ता सामु पुर्‍याउन सबैलाइ आग्रह गर्नुभयो । शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का अध्यक्ष केशब प्रसाद अधिकारीले फर्साटिकरमा पहिलोपटक लागिरहेको मेलामा जुत्ता तथा चप्पल जनताले सुपथ मुल्यमा खरिद गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।नेपाल जुत्ता उत्पादन संघका केन्द्रिय सदस्य चोला प्रसाद पाठकले ५ कम्पनीले उत्पादन गरेका ९ प्रकारका जुत्ता चप्पल विक्...
गुल्मीमा गौहत्या अभियोगका फरार प्रतिवादी पक्राउ !

गुल्मीमा गौहत्या अभियोगका फरार प्रतिवादी पक्राउ !

Breaking news 3, समाचार
गुल्मी । गुल्मीमा गाई काटेर खाएको अभियोग पछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १ वर्ष पछि पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नं-१ का २० वर्षीय हरि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । नेपालीलाई पशुपक्षी सम्बन्धी कसुर (गाई मारेको) मुद्दामा गुल्मी जिल्ला अदालतले मिती २०७९/०३/०७ गत र २०८०/०३/२९ गते उच्च अदालत तुल्सीपुर वुटवलले ५ महिना १९ दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला संगै नेपाली फरार रहेका थिए । उनलाई फाल्गुण २१ गते पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरिएकोमा अदालतको आदेश वमोजिम कैद सजांय भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ...
गुल्मी इन्द्रेगौंडामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक कार्यक्रम हुँदै

गुल्मी इन्द्रेगौंडामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक कार्यक्रम हुँदै

Breaking news 3, खेलकुद, शिक्षा, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रगौँणामा खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । गतिशील युवा क्लवको आयोजनामा यही चैत्र १०, ११ र १२ गते भलिबल प्रतियोगीता संगै रेकर्ड डान्स कार्यक्रम र अन्य विविध सांस्कृतिक कार्यक्रम हुन गईरहेको क्लवका सचिव आकाश खरेलले जानकारी दिनुभयो । भलिबल प्रतियोगीतामा प्रथम हुने प्रतियोगी समुहले नगद रु ३० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगी समुहले नगद रु. २० हजार कप, मेडल र प्रमाणपत्र तथा तृतीय हुने प्रतियोगी समुहले नगद रु. ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै रेकर्ड डान्स प्रतियोगीता तर्फ प्रथम हुनेले नगद रु ५ हजार र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगीले नगद रु ३ हजार र प्रमणपत्र तथा तृतीय हुने प्रतियोगीले नगद रु १ हजार र प्रमाण पत्र प्राप्त गर्ने क्लवक...
भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ छिटै हुँदै

भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ छिटै हुँदै

Breaking news 3, शिक्षा, समाचार
भैरहवा। भैरहवामा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले आईतबार रुपन्देहीको भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ को गर्न लागेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीको सुनिश्चित भविष्यको लागि प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ । यस अगाडि काठमाण्डौमा हुने यो कार्यक्तम यस पटक रुपन्देहीको भैरहवामा गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो । सूचना प्रविधिमा रुची राख्ने प्लस टू तथा ब्याचलर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको हो ।लुम्बिनी प्रदेश युवा परिषदको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम प्रविधि क्षेत्रमा काम गर्दै आएका उद्योग, कलेज, विद्यार्थी र सरकारी निकाय बिचमा भएको दुरीलाई कम गर्न पुलको रुपमा काम गर्ने लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द...