Amalabot Online

गुल्मीमा गौहत्या अभियोगका फरार प्रतिवादी पक्राउ !

गुल्मी । गुल्मीमा गाई काटेर खाएको अभियोग पछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १ वर्ष पछि पक्राउ गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं-१ का २० वर्षीय हरि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

नेपालीलाई पशुपक्षी सम्बन्धी कसुर (गाई मारेको) मुद्दामा गुल्मी जिल्ला अदालतले मिती २०७९/०३/०७ गत र २०८०/०३/२९ गते उच्च अदालत तुल्सीपुर वुटवलले ५ महिना १९ दिन कैद सजाय तोकेको थियो ।

अदालतको फैसला संगै नेपाली फरार रहेका थिए । उनलाई फाल्गुण २१ गते पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरिएकोमा अदालतको आदेश वमोजिम कैद सजांय भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *