Amalabot Online

समाचार

भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ छिटै हुँदै

भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ छिटै हुँदै

Breaking news 3, शिक्षा, समाचार
भैरहवा। भैरहवामा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले आईतबार रुपन्देहीको भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ को गर्न लागेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीको सुनिश्चित भविष्यको लागि प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ । यस अगाडि काठमाण्डौमा हुने यो कार्यक्तम यस पटक रुपन्देहीको भैरहवामा गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो । सूचना प्रविधिमा रुची राख्ने प्लस टू तथा ब्याचलर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको हो ।लुम्बिनी प्रदेश युवा परिषदको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम प्रविधि क्षेत्रमा काम गर्दै आएका उद्योग, कलेज, विद्यार्थी र सरकारी निकाय बिचमा भएको दुरीलाई कम गर्न पुलको रुपमा काम गर्ने लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द...
मुक्तिनाथ युथ क्लव द्वारा Stress Management Programme सम्पन्न

मुक्तिनाथ युथ क्लव द्वारा Stress Management Programme सम्पन्न

Breaking News 2, समाचार
बुटवल। स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरुमा सक्रिय हुँदै आएको मुक्तिनाथ युथ क्लवले फाल्गुण १२ गते एक कार्यक्रमका बिच Stress Management Programme सम्पन्न गरेको छ । क्लवका अध्यक्ष अनिल पौडेल चुदालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल-१२ का कार्यवाहक अध्यक्ष गंगा दत्त पौडेल प्रमुख अतिथी रहनुभएको थियो भने कार्यक्रममा नेपकेयरको सहकार्यता रहेको थियो । क्लवका संस्थापक अध्यक्ष सुशील सापकोटाको स्वागत मन्तव्य रहेको थियो भने समाजसेवी व्यक्तित्व गोपाल पाण्डे तथा तुल्सी भण्डारी लगायतको उपस्थिति रहेको थियो । मनोविद वोसिन श्रेष्ठको प्रशिक्षणमा सम्पन्न उक्त तालिमको संचालन क्लवका पुर्व अध्यक्ष राजेन्द्र जिसीले संचालन गर्नुभएको थियो । पछिल्लो समय युवा पुस्तामा मानसिक तनाब बढ्दो क्रममा भएकाले तालिम महत्वपूर्ण रहेको अध्यक्ष अनिल पौडेल चुदालीले बताए । ...
मदाने अध्यक्ष कप: भलिबलमा प्रथम मुसिकोट नगरपालिका

मदाने अध्यक्ष कप: भलिबलमा प्रथम मुसिकोट नगरपालिका

Breaking news 3, खेलकुद, समाचार
गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाले दाेस्राे अध्यक्षकप भलिबल प्रतियोगिता वडा नम्बर ७ को कुडापानी भनभनेमा फागुन ७ गतेदेखि ९ गते सम्म संचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । गुल्मी जिल्लाका स्थानीय तहबाट सहभागी हुन पाइने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा जम्मा ११ समुहको सहभागीता रहेको थियो । जसमा मुसिकोट नगरपालिकाले प्रथम स्थान लिदै बिजय हाशिल गरेको छ । दोस्रो चन्द्रकोट गाउँपालिका भने तेस्रो स्थानको जित सत्यबती गाउँपालिकाले हातपारेको पन्थिले बताउनु भएको हो। प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको थियो। त्यस्तै द्वितीय पुरस्कार ५५ हजार पाँच सय ५५ रुपैयाँ रहेको हो । साथै तृतीय पुरस्कार २५ हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो । त्यस्तै गाउँपालिका ...
गुल्मीमा २१ वर्षीय युवा मृत फेला

गुल्मीमा २१ वर्षीय युवा मृत फेला

Breaking news 1, समाचार
गुल्मी । गुल्मीमा २१ वर्षीय युवा मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरका २१ वर्षीय टीकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गतेदेखि हराइरहेका युवा सोही वडामा मदन भण्डारी राजमार्गकाे तल भिरको रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए । ...
नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

Breaking news 3, राजनीति, समाचार
बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए । फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए । ‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–उपसभापति घिमिरेले भन...
कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो !

कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो !

खेलकुद, समाचार
काठमाडौँ। चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठबीच केही दिनदेखि सामाजिक सञ्जालमा चर्किएको विवाद अदालत पुगेको छ । इन्द्रेणीबाट निकालिएको भनिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको आज अपराह्न पत्रकार सम्मेलन गरि खण्डन गरेका कँडेलले उनीहरुबिरुद्ध अदालतमा मुद्दा दर्ता गराएसँगै विवाद अदालत पुगेको हो । शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । पहिले इन्द्रेणीमै काम गर्ने छ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताएका थिए । शर्मिलाले आफू तीनवर्षदेखि ’यौन दुर्व्यवहार’ को शिकार भएको गम्भीर आक्षेपसमेत लगाएकी थिइन् । तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलनमा उनले श्रम शोषण नगरेको...
लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

Breaking news 3, खेलकुद, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए । बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए । खाता नै नखो...
बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा सम्पन्न

बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा सम्पन्न

Breaking News 2, समाचार
बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा फाल्गुण ५ गते सम्पन्न भएको छ । बुटवल जेसीजका बोर्ड पदाधिकारी, डाइरेक्टर, सल्लाहकार, पुर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा बुटवल जेसीजको सचिवालयमा साधारणसभा सम्पन्न भएको हो । बुटवल जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभामा मिडिया संयोजक नारायण घिमिरे " भावुक" को आस्था वाचन, पब्लिक रिलेसन डाइरेक्टर जेसी ओमहरी आचार्यको स्वागत मन्तव्य रहेको थियो । साधारण सभामा अध्यक्ष घिमिरेले वार्षिक कार्ययोजनाको प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष यदुमणी पोख्रेलले वार्षिक प्रस्तावित आयव्याय प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी महाहासचिव जेसी केशव श्रीसले साधारण सभामा प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो । सभामा १० जनाले १ मिनेट ३० सेकेन्डमा आफ्नो बिज्नेस प्रमोसन प्रस्तुत समेत गर्नुभएको थियो । र अन्त्यमा जेस...
गुल्मीमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम

गुल्मीमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम

Breaking news 1, समाचार
गुल्मी – गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए । उनका अनुसार विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरिएको हो । पछिल्लो पीढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनिहरुलाई पनि सहभागि गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साह पूर्वक सहभागि हुने गरेको विद्यालयले जनाएको छ । सालको पातबाट तयार गरिने दुना–टपरी विभिन्न धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ ...
बुटवल उपमहानगरपालिका द्वारा बुटवल जेसीज सम्मानित ।

बुटवल उपमहानगरपालिका द्वारा बुटवल जेसीज सम्मानित ।

Breaking news 1, समाचार
बुटवल । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फाल्गुण ३ गते आयोजित स्थापना दिवस समारोहमा बुटवल उपमहानगरपालिकाले बुटवल जेसीजलाई सम्मान गरेको हो । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बुटवल जेसिजलाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको हो । बुटवल जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि विनोद घिमिरेले उक्त सम्मान ग्रहण गरेका थिए । ५० वर्षको विरासत बोकेको बुटवल जेसीज बुटवलको अग्रणी स्थानमा रहेको उदाहरणिय संस्था हो ।बुटवल उपमहानगरपालिकाले फागुन ३ गते आफ्नो स्थापनाको ६५ औं वर्षको अवसरमा एक समारोहका बिच जेष्ठ नागरिक, पत्रकार, सामाजिक अभियान्ता, उत्कृष्ट करदाता लगायत सहयोगी संघ संस्थालाई सम्मान गरेको छ । ...