Amalabot Online

Breaking News 2

गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता

गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता

Breaking News 2, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी: गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की छन् । कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो । मुसिकोट नगरपालिका-१ अरेवा घर भई हाल  वडा-२ स्थित मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ। ...
गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

Breaking News 2, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
अनिल खत्री,१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए । पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो । उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली ...
गुल्मीको रिडीमा आँखा उपचार केन्द्र स्थापना !

गुल्मीको रिडीमा आँखा उपचार केन्द्र स्थापना !

Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ को रिडीमा रुरु आँखा उपचार केन्द्रको स्थापना भएको छ । नेपाल नेत्रज्योति संघ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरु क्षेत्र गाउँपालिकाको समन्वय केन्द्र स्थापना भएको हो । शनिबार केन्द्रको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उद्घाटन गरे । जिल्लाको छैटौं उपचार केन्द्रका रुपमा सेवा शुभारम्भ भएको छ । सोहि अवसरमा बोल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले तीन जिल्लाको केन्द्र पर्ने भएकाले रिडीमा आँखा उपचार केन्द्र स्थापना भएपछि धेरै नागरिकहरुले सेवा प्राप्त गर्ने विश्वास लिएको बताए । उनले विभिन्न समयमा निशुल्क शिविरहरु संचालन गर्ने गरिएको स्मरण गर्दै, गत बर्षदेखि मोतियाबिन्दुको निशुल्क शल्यक्रिया र अहिले केन्द्रनै स्थापना गरिएको बताए । जिल्लामा स्याथी रुपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ स...
वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

Breaking News 2, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । वामी विश्व सम्पर्क मञ्चले साविकको वामी गाउँविकास समिति भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । मञ्चले प्रत्येक वर्ष उपल्लो कक्षाबाट उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ जना छात्रालाइ जेहन्दार छात्रवृत्ति र १ जनालाई विपन्न छात्रवृत्ति गरी एक विद्यालयका ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही कार्यक्रम बमोजिम आईतबार विद्यालयमै पुगेर छात्रवृत्ति प्रदान गरिएको वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । जसमध्ये महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका वामीटक्सारमा ४ जना विद्यार्थी र शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामीमैदान, जनज्योति प्राथमिक विद्यालय सेरा, मालारानी प्रा.वि.मालारानी, भगवती प्राथमिक विद्यालय काफलटोला, खड्क देवि प्राथमिक विद्यालय भलेका तथा कृष्णनारायण प्राथमिक विद्यालय परुवाका ३...
गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने 

गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने 

Breaking News 2, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा उखु महोत्सव हुने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ । उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा  वैशाख ७ गते एक दिने उखु महोत्सव हुन लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ । कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यसवर्ष उखु महोत्सव गर्न लागेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । कृषकको सम्मान र बजारीकरणमा टेवा पुर्याउने मुख्य उदेश्य पालिकाले लिएको अध्यक्ष पाण्डेको भनाइ छ । महोत्सवमा कृषकले उत्पादन गरेका उखुका परिकारहरु खुदो, गुडका विभिन्न परिकार प्रर्दशन गरिने भएको छ । उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका...
तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

Breaking News 2, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
पाल्पा, चैत २७।घरदैलोमा जनतालाई सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले तानसेन नगरपालिका १३ मा घुम्ति शिविर कार्यक्रम सञ्चालन गरिएको छ । एक दिने घुम्ती शिविरबाट दुई हजार बढी जनता लाभान्वित भएका छन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई घरदैलोमै कृषि, पशु, स्वास्थ्य, सिफारिस तथा घटना दर्ताका सेवा प्रदान गरिएको बताए । उनी भन्छन्, निर्वाचनको घोषणा पत्र अनुसारका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेका छौं । ग्रामीण इलाकाहरुलाई केन्द्रीत गरेर घुम्ति शिविरलाई निरन्तरता दिने योजना बनाएका छौं । विषयगत रुपमा प्रदान गरिएका सेवाको निम्न अवस्था रहेको छ । शिविरमा पशु सेवा तर्फ १ सय २ घरधुरीका ९ सय ५० पशुपंक्षीलाई सेवा प्रदान गरिएको छ । जसमा जुकामाटेको औषधी वितरण, गोबर नमूना परीक्षण र परामर्श सेवा दिइएको थियो । कृषि विकास सेवा तर्फ १ सय ६३ घरधुरीलाई तरकारी विऊ वि...
गुल्मीको मालारानिमा ५० हजार धन राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै

गुल्मीको मालारानिमा ५० हजार धन राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै

Breaking News 2, खेलकुद, समाचार
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ८ मालारानीमा रहेको ताराखसे युवा क्लबले खुल्ला महिला तथा पुरुष भलिबल एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । “विकास अनुशासन, गतिशीलता आजको आवश्यकता, समाज परिर्वतन हाम्रो प्रतिवद्धता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै अघि बढिरहेको ताराखसे उुवा क्लबको १२ औँ वार्षिकोत्सवमा कार्यक्रमको आयोजना गरेको हो । यही चैत्र २६ देखी २९ सम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राम बोहराले जानकारी दिए । पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ५० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय कप मेडल र प्रमाणपत्र, ३५ हजार कप, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २५ हजार कप, द्धितिय मेडल तथा विधागत सबैमा नगदी तथा उत्कृष्ट पुरस्कार रहेको छ । त्यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार २५ हजार कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १५ ह...
मुक्तिनाथ युथ क्लव द्वारा Stress Management Programme सम्पन्न

मुक्तिनाथ युथ क्लव द्वारा Stress Management Programme सम्पन्न

Breaking News 2, समाचार
बुटवल। स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरुमा सक्रिय हुँदै आएको मुक्तिनाथ युथ क्लवले फाल्गुण १२ गते एक कार्यक्रमका बिच Stress Management Programme सम्पन्न गरेको छ । क्लवका अध्यक्ष अनिल पौडेल चुदालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल-१२ का कार्यवाहक अध्यक्ष गंगा दत्त पौडेल प्रमुख अतिथी रहनुभएको थियो भने कार्यक्रममा नेपकेयरको सहकार्यता रहेको थियो । क्लवका संस्थापक अध्यक्ष सुशील सापकोटाको स्वागत मन्तव्य रहेको थियो भने समाजसेवी व्यक्तित्व गोपाल पाण्डे तथा तुल्सी भण्डारी लगायतको उपस्थिति रहेको थियो । मनोविद वोसिन श्रेष्ठको प्रशिक्षणमा सम्पन्न उक्त तालिमको संचालन क्लवका पुर्व अध्यक्ष राजेन्द्र जिसीले संचालन गर्नुभएको थियो । पछिल्लो समय युवा पुस्तामा मानसिक तनाब बढ्दो क्रममा भएकाले तालिम महत्वपूर्ण रहेको अध्यक्ष अनिल पौडेल चुदालीले बताए । ...
बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा सम्पन्न

बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा सम्पन्न

Breaking News 2, समाचार
बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा फाल्गुण ५ गते सम्पन्न भएको छ । बुटवल जेसीजका बोर्ड पदाधिकारी, डाइरेक्टर, सल्लाहकार, पुर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा बुटवल जेसीजको सचिवालयमा साधारणसभा सम्पन्न भएको हो । बुटवल जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभामा मिडिया संयोजक नारायण घिमिरे " भावुक" को आस्था वाचन, पब्लिक रिलेसन डाइरेक्टर जेसी ओमहरी आचार्यको स्वागत मन्तव्य रहेको थियो । साधारण सभामा अध्यक्ष घिमिरेले वार्षिक कार्ययोजनाको प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष यदुमणी पोख्रेलले वार्षिक प्रस्तावित आयव्याय प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी महाहासचिव जेसी केशव श्रीसले साधारण सभामा प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो । सभामा १० जनाले १ मिनेट ३० सेकेन्डमा आफ्नो बिज्नेस प्रमोसन प्रस्तुत समेत गर्नुभएको थियो । र अन्त्यमा जेस...
लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्वजनिक

लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्वजनिक

Breaking News 2, समाचार
बुटवल । सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्बजनिक भएको छ । पछिल्लो समयकी बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द तथा लय सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको रहेको छ ।मंगलबार सार्वजनिक म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल स्मारिका ढकाल र अनिल पौडेल अभिनय गरेका छन भने निर्देशन बिनोद भण्डारीले गरेका हुन् । करण चैसिरको छायांकनमा तयार भिडियोको सम्पादन भने मनोज कार्की गरेका हुन् ।'लक्षमण पाण्डे' युटुब च्यानलमा सार्बजनिक गीतको अडियो भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियो https://youtu.be/kaoUqbYzL6E?si=wVCkxzKdoxkJhdnY ...