![](https://amalabotonline.com/wp-content/uploads/2024/06/werty.jpg)
अनिल खत्री,१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।
![](https://amalabotonline.com/wp-content/uploads/2023/08/palpa-asdfghjk.gif)
पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।
घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो ।
![](https://amalabotonline.com/wp-content/uploads/2024/06/449401662_2890858984385682_7110752793694726815_n-734x1024.jpg)
उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटना स्थलमा पुगेका छन् ।
पहिरोमा थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राम कुमार केसीको कमाण्डमा १५ जनाको टोली र रामवाण गुल्म तम्घास गुल्मीबाट उप.सेनानि मिन बहादुर शाहिको कमाण्डमा २२ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
![](https://amalabotonline.com/wp-content/uploads/2023/08/Suddhodhan-gaupalika-add.gif)
![](https://amalabotonline.com/wp-content/uploads/2023/08/CamScanner-06-03-2024-11.24-scaled.jpg)
![](https://amalabotonline.com/wp-content/uploads/2023/08/CamScanner-05-26-2024-13.26-rotated.jpg)