गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिब्र
गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम-२०८० लक्षित तैयारी तिब्र पारिएको छ।
फागु पुर्णिामा (होली) को अवसर पारेर चैत १०,११ र १२ गते गरि ३ दिन सन्चालन हुने कार्यक्रममा भलिबल खेल तर्फ प्रथम पुरस्कार नगद रु. ३० हजार कप,मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु. २० हजार कप,मेडल र प्रमाण-पत्र र सान्त्वना दुई टिमलाई क्रमश ५/५ हजार र विधागत पुरस्कार (उत्कृष्ट र अनुशासन खेलाडी) रहेको गतिशील युवा क्लबका अध्यक्ष चेतनारायण अर्यालले अमलाबोट अन्लाईनलाई जानकारी दिनुभयो।
त्यसै गरि खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु ५ हजार र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु.३ हजार र प्रमाण-पत्र र तृतीय पुरस्कार नगद रु एक हजार र प्रमाण-पत्र रहने कुरा ...









