Amalabot Online

गुल्मीको मालारानिमा ५० हजार धन राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै

गुल्मी जिल्ला मुसिकोट नगरपालिका ८ मालारानीमा रहेको ताराखसे युवा क्लबले खुल्ला महिला तथा पुरुष भलिबल एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । “विकास अनुशासन, गतिशीलता आजको आवश्यकता, समाज परिर्वतन हाम्रो प्रतिवद्धता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै अघि बढिरहेको ताराखसे उुवा क्लबको १२ औँ वार्षिकोत्सवमा कार्यक्रमको आयोजना गरेको हो ।

यही चैत्र २६ देखी २९ सम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राम बोहराले जानकारी दिए ।

पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ५० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय कप मेडल र प्रमाणपत्र, ३५ हजार कप, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २५ हजार कप, द्धितिय मेडल तथा विधागत सबैमा नगदी तथा उत्कृष्ट पुरस्कार रहेको छ ।

त्यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार २५ हजार कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १५ हजार कप मेडल र प्रमाणपत्र र १० हजार कप मेडल र प्रमाणपत्र रहेको छ भने प्रत्येक विद्यामा आर्कषक पुरस्कार रहेको आयोजकले जनाएको छ ।

साथै खुल्ला ग्रुप डान्स प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ८ हजार, द्वितीय पुरस्कार रु ६ हजार,तृतीय पुरस्कार रु. ४ हजार रहेको आर्थिक तथा रेफ्री संयोजक नवीन छन्त्यालले जानकारी दिनुभएको हो। बिगत १२ वर्ष पहिले वि.स. २०६८ सालमा स्थापना भएको क्लब पनि धार्मिक स्थल सालिमे दहमा रहेको तारा खसेको ठाउँ लाई चिर परिचित गराउने उद्धेश्यले नामाकरण गरिएको थियो।

खुल्ल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला रेकर्ड डान्स प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *