तीज कार्यक्रमको रकम बाढीपीडितलाई, मुसिकोट प्रवासी सेवा समाजको ५१ हजार सहयोग
स्थापना भएको छोटो समयमै मानवीय सेवामा सक्रिय, तीज कार्यक्रमका लागि जुटाइएको रकमबाट अध्यक्ष गंगाराम सुनार नेतृत्वमा सहयोग
भारत । नेपालमा बाढी तथा पहिरोका कारण नागरिकहरू प्रभावित भइरहेका बेला गुल्मी मुसिकोट प्रवासी सेवा समाज, भारतले बाढीपीडितको राहतका लागि रु. ५१ हजार आर्थिक सहयोग गरेको छ।
समाजले आगामी **तीज कार्यक्रम आयोजना गर्नका लागि जुटाएको आर्थिक रकममध्ये रु. ५१ हजार कटान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष)**मा जम्मा गरेको हो।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीज कार्यक्रमका लागि संकलित रकमबाट सहयोग गर्ने निर्णय गरिएको समाजले जनाएको छ।
हालै स्थापना भएको गुल्मी मुसिकोट प्रवासी सेवा समाज, भारतले स्थापना भएको छोटो समयमै सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा आफ्नो सक्रियता देखा...









