Amalabot Online

ठुलो धनराशीका बिच मजुवामा तीज गीत प्रतियोगिता हुदै

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका -८, तुराङ्ग,मजुवामा खुल्ला तथा स्टेज तीज गीत प्रतियोगिता भोली भदौ १० गते हुने भएको छ। हरितालिका तिजको अवसर पारी मजुवा प्रगतिशील आमा समुहको आयोजनामा हुन गैरहेको उक्त कार्यक्रममा प्रथम पुरस्कारको रुपमा नगद रु तीस हजार र प्रमाणपत्र, द्वितीय पुरस्कारको रुपमा नगद रु पच्चिस हजार र प्रमाणपत्र, तृतीय पुरस्कारको रुपमा नगद रु बीस हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कारको रुपमा नगद रु दस हजार र प्रमाणपत्र रहेको समुहकी अध्यक्ष रेणु श्रीषले जानकारी दिनुभएको हो।

त्यस्तै विभिन्न बिधागत पुरस्कारहरु पनि रहेका छन। सर्वोत्कृष्ट नृत्य पुरस्कारको रुपमा नाकमा लगाउने सुनको फुली,उत्कृष्ट नृत्य पुरस्कारको रुपमा एकजोर चाँदिका पाउजु, उत्कृष्ट बाध्यबादक पुरस्कारको रुपमा एउटा मादल, उत्कृष्ट भेषभुषा पुरस्कारको रुपमा सारी र कुर्था त्यसै गरि अनुशासन पुरस्कारको रुपमा एक प्याक चाउचाउ उपहार रहेको कुरा पनि अध्यक्ष रेणु श्रीषले जानकारी दिनुभएको हो।

समुह स्थापना काल देखि निकै प्रभावकारी काम गर्दै आएको पाइन्छ। समुहले समाजमा रहेका बिकृती बिसंगतीलाई  चिर्दै समाज रुपान्तरणमा निकै राम्रो भुमीका खेलेको स्थानिय बताउछन। महिला सशक्ति करण गर्नकै लागि महिला लक्षित तीज गीत कार्यक्रममा गितको नियममा समेत महिला सशक्तीकरण सम्बन्धि , शिक्षा, स्वास्थ तथा देश बिकासमा टेवा पुग्ने खाल्का शब्दहरुमा गीत गाउनु पर्ने भनिएको छ। खुल्ला तीज गित प्रतियोगिताको समय १ घन्टाको हुने र स्टेज कार्यक्रममा भने बाध्यबादक सहित बार जना हुनु पर्ने, कुनै पनि गीतमा वा टुक्कामा राजनिती,ब्यक्ती तथा संस्थालाई आँच पुग्ने गीत गाउन नपाइने, स्टेजको समय मात्र ७ मिनेटको रहने नियमहरु क्लब प्रतिनिधि मोहन रजालीले जानकारी दिनुभएको हो।

टिम तथा समुह दर्ता भने भदौ १० गते ११ बजे सम्म गरिसक्नु पर्ने बेहोरा पनि प्रतिनिधि रजालीले बताउनुभएको हो। बिगतका वर्षहरुमा पनि तीजको अवसरमा आकर्षक पुरस्कारका साथमा कार्यक्रम गर्दै आएको पाइन्छ। सहि समुहलाइ विभिन्न ब्यक्ति तथा संघसस्थाले बिभिन्न तवरबाट सलाहसुझाब समेत दिएको कुरा अध्यक्ष श्रीष बताउनुहुन्छ। क्लब दर्ताका लागि विभिन्न टेलिफोन नम्बरहरु स्कृनमा छोडिएको छ। कार्यक्रममा बिगतका वर्षमा भन्दा अहिलेको कार्यक्रममा दर्शकको जनचाप रहने आशंका गरिएको मजुवा बजार ब्यवस्थापन समिती अध्यक्ष हर्क बस्नेतले बताउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *