सुमन महतारा गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले गत आर्थिक बर्षमा ३.२ जिपिए लिएर नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा पढ्ने एक सय चाैन्न बिद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।
नगरपालिकाले नगरपालिका भित्रको बिद्यार्थी र उसले नगर भित्रकै सामुदायिक बिद्यालयमा पढ्ने र ३.२ जिपिए लिएको बिद्यार्थीलाई मासिक हजारका दरले प्रति बिद्यार्थी बार्षिक १२ हजार उपलब्ध गराइएको रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले बताए ।
उनले १५४ जना ३.२ जिपिए ल्याउने बिद्यार्थीलाई मासिक हजारका दरले अठार लाख अड्चालिस हजार रुपैयाँ बिद्यार्थीकाे खातामा उपलब्ध गराइएको उनले जानकारी दिएका छन ।
नगरपालिकाले बिद्यार्थीकाे आकर्षण बढाउन र रेसुङ्गालाइ शिक्षा क्षेत्रकाे हव बनाउँनका लागि देशको जुनसुकै ठाउँकाे बिद्यार्थी एसइइ मा ३.२ जिपिए लिएर नगरपालिका भित्रकाे जुनसुकै सामुदायिक बिद्यालयमा पढ्ने चाहाना राख्याे भने उसलाई पनि मासिक हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्धि गराइने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
उनले गत आर्थिक बर्षमा नगरपालिकाका बिद्यार्थीलाई मात्र याे छात्रवृत्ति उपलब्ध गराइन्थ्याे भने अब यसकाे दायरा बढाएर एसइइ मा देशको जुनसुकै ठाउँबाट पनि ३.२ जिपिए लिएर नगरकाे जुनसुकै बिद्यालयमा पढ्न चाहन्छ भने उसलाई पनि उपलब्ध गराउने जानकारी दिएका छन् ।