एसिया मोडेल फेस्टिभलमा नेपालको ऐतिहासिक सफलता, सदिक्षा श्रेष्ठले जितिन् उपाधि
दक्षिण कोरियामा सम्पन्न प्रतिष्ठित एसिया मोडेल फेस्टिभल २०२६ मा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ। फेस अफ नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी सदिक्ष्या श्रेष्ठले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै महिला विधातर्फको विजेता (Female Winner) को अवार्ड हात पार्न सफल भएकी छन्।
प्रतियोगितामा म्यानमारकी क्याव क्याव ऐन्द्रा (Kyaw Kyaw Eaindra) ले ग्राण्ड विनर (Grand Winner) को उपाधि जितेकी छन् भने पुरुष विधातर्फ कोरियाका काङ डोङ–ह्युन (Kang Dong-hyun) विजेता घोषित भएका छन्। यससँगै प्रतियोगिताको महिला विधातर्फ नेपालकी सदिक्ष्या श्रेष्ठले उपाधि जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएकी छन्।
उक्त कार्यक्रममा नेपालबाट योगेश शर्मा, सदिक्ष्या श्रेष्ठ, सुमन श्रेष्ठ र जाएन तामाङ सहभागी भएका थिए। फेस अफ नेपालकी सञ्चालक नेसनल डाइरेक्टर नायिका मेनुका माझीले पहिलो पटक फ...









