Amalabot Online

गुल्मी मुसिकोटको एउटा ईतिहास जल्यो-ढल्यो !

गुल्मी। गुल्मीमा हालको मुसिकोट नगरपालिका भित्र पञ्चायतकालिन‘‘भुर्तुङ्घे प्रधान’को मृत्यु पश्चात पनि उनको झल्को दिईरहने हवेली घर जलेको छ । अझ भनौँ तत्कालिन मुसिकोट राज्यका पछिल्ला पुस्ताका समाज सेवीहरुको एउटा ईतिहास नै ढलेको छ। जसको साठी लाख बढि सम्पत्ति क्षणभरमै खरानी बनेको छ ।

मुसिकोट नगरपालिका ४ को भुर्तुङ्घ भन्ने गाउँ छ । यसर्थ पनि तत्कालिन मुसिकोट राज्य अन्तर्गत २०३२ सालदेखि मुसिकोट मैदान गाउँपञ्चालयका प्रधानपञ्च मिन बहादुर सिंहलाई गाउँवासीले भुर्तुङ्घे प्रधानका रुपमा चिन्थे । उनै सिंहको हवेल घर यहि जेठ २ गते जलेर नष्ट भएको हो । भुरेटाकुरी राज्य कालपछि गुल्मीको तत्कालिन मुसिकोट राज्यका पछिल्लो पुस्ताका समाज सेवीहरुको मृत्यु पश्चात पनि उनीहरुको झल्को दिई रहने हवेली घर हालै जल्नु नष्ट हुनु भनेको यस भेगकै एउटा ईतिहास ढल्नु हो भन्छन स्थानीय पुराना समाज सेवीहरु । जुन घर आज भन्दा झण्डै ५० वर्ष बनेको थियो ।

सिंहको २०७२ सालमा ७८ वर्षको उमेरमा निधन भएको थियो । सिंहको निधन पश्चात त्यस घरले उहाँको झल्को दिन्थ्यो। सिंहका एक मात्र सन्तान छोरा ४८ वर्षीय सुदर्शन सिंहका अनुसार २०३३ सालमा उक्त हवेलीमा प्यागोडा शैलीका दश वटा झ्याल, त्यति नै ढोका, बैठक कोठा थिए । पञ्चायतकालमा छलफल कचेरी हुने ठुलो आँगन र बस्ने पर्खाल थियो । जुन अहिले रणभुमि जस्तो बनेको छ । सिंहले बिशाल बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए । सुरुमा आगो करेन्ट सर्ट भई त्यसै फार्मबाट सल्कीन सुरु गरेको थियो र घरमा आगोलागि भएको थियो । ४८ वटा बाख्रा मध्ये ४, ५ वटा मरेको त्यति नै घाईते भएको उनले बताए ।

सिंहकी श्रीमति रमासिंहका अनुसार प्रहरीले करिव ६० लाख क्षति अनुमान गरे पनि त्यो भन्दा बढिको क्षति भएको छ। अहिले त्यो हवेलीबाट विस्थापित भई सिंह परिवार काईला बुवा केशव सिंहको घरमा आश्रय लिईरहेको छ । स्वर्गिय सिंहकी ७२ वर्षीया श्रीमति मञ्जु सिंहका अनुसार २०३२ सालमा श्रीमानले तत्कालिन मुसिकोट मैदान गाउँपञ्चायतको प्रधानपञ्च जितेर पाँच वबर्षसम्म चलाएका थिए र त्यस पछि पनि मृत्यु हुने बेला सम्म समाज सेवा मै समर्पित थिए। त्यस अघि कर्णबहादुर थापा जिम्मेवाल प्रधानपञ्च रहेको र त्यस उता र यताक के थिए भन्ने हेक्का नभएको उनि बताउँछिन। प्रधानपञ्च जितेको दोश्रो वर्ष उक्त घर बनादाँ उनी बुहारीका रुपमा सिकर्मी डकर्मीलाई खान खुवाएको स्मरण उनमा ताजै थियो तर घर जलेसंगै ती स्मरणहरु पनि खरानी बन्न पुगेको छ।

स्वर्गिय सिंहका त्यस ताकाका राजनैतिक समकक्षी मुसिकोट नगरपालिका ३ मैदानका ८२ वर्षिय पदमबहादुर सिंह ठकुरी भन्छन –‘तत्कालिन मुसिकोट राज्य विघटन पछिका पुराना समाज सेवीहरु मध्येका एक मिनबहादुर सिंह दोश्रो तेश्रो पुस्ताका समाज सेवी हुनुहुन्थ्यो र उहाँ सहितका पुराना समाज सेवीहरुको झल्को दिने घर थियो त्यो ।’

संक्षिप्तमा मुसिकोट राज्यको ईतिहास

मुसिकोट राज्यका उनै जिवित साँझी सिंहका अनुसार तत्कालिन मुसिकोट राज्यको स्थापना विक्रम संवत १५५० मा भएको थियो । त्यस राज्यका संस्थापक अर्थात प्रथम राजा विजय प्रताव सिंह थिए भने पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे पछि विक्रम संवत १८०४ मा त्यस राज्यका अन्तिम राजा तिलकचन्द्र सिंह थिए । पछि मुसिकोट गाउँपञ्चायत बन्यो जुन पञ्चायतको सिमा उत्तरमा बाग्लुङ्खको लब्धीखोला सम्म थियो ।

जसका कारण आधा पाण्डपखानी, रिघा, तुमडाडा , पुर्वमा अर्लाड्डकोट , वामी यता मालिका खोलाको साँध थियो । दक्षिणमा छल्दीनिस्ते खोला साँध थियो । पश्चिम तर्फ हाल ईस्मा गाउँपालिका १ र २ को पालुखा सम्म मुसिकोट गाउँपाञ्चायतको साँध थियो । त्यस मुसिकोट गाउँपञ्चायतका प्रधम प्रधानपञ्चा धारापानीका पण्डित नरिनारायाण घिमिरे थिए । त्यस अवधिमा जिम्मेवाल र मुखियाहरु अहिलेका सचिवहरु झै तालुकदार थिए । जनताको सम्पत्तिको तिरोभरो उनीहरुबाटै चल्थ्यो । त्यति बेला मल्दीका सारुहरु मुखिया थिए । प्रथम मुखिया थिए मल्दीका नरबहादुर सारु । त्यस पछि अन्तिम कालसम्म उनका छोरा माईला मुखियाका नामले परिचित कृष्णबहादुर सारु मुखिया थिए ।

उता खस्थोक अमराईका रामबहादुर महत जिम्मवाल थिए । त्यस्तै मुसिकोटको डाँडोलाईनदेखि पारी सम्मका जिम्मेवाल डाँडाथोकका उजिरबहादुर थापा थिए । उनी पछि कर्णबहादुर थापा जिम्मावाल भए । त्यस पछि मुखिया जिम्मेवाल प्रथाको अन्तिम ताकासम्म मुसिकोट दलुङ्घका रणबहादुर सिंह जिम्मेवाल र पछि मुसिकोटका प्रधानपञ्च समेत भएका थिए। मुसिकोट मैदान गाउँपञ्चायत देखि साविक बडागाउँ र मुसिकोट गाविससम्म कर्णबहादुर थापा, चिनाबहादुर सिंह, रणबहादुर सिंह र ईन्द्रध्वज जिसी लगायतले यस भेगको समाज सेवामा अभिभवकिय भुमिका खेलेका थिए। तिनै ब्यक्तिहरु संग राजनीति गरेका मिनहादुर सिंहको घर जल्दा त्यस भेगका पुराना समाज सेवी र उनका सन्ततीको मन जल्नु स्वभाविकै हो । किनकी क्षति हुने सम्पत्तीको मुल्य भन्दा ऐतिहासिक महत्व अमुल्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *