Amalabot Online

मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने निणर्य गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकको निणर्य बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निणर्य गरिएको नगर प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो ।

जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनासकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित सरकारको एकद्धार नीति प्रणाली बमोजिम प्रधानमन्त्री राहत कोषमा एक लाख पठाउने निणर्य कार्यपालिकाको बैठकबाट गरिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महसुस होस् भन्ने हेतुले सहयोग गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *