Amalabot Online

मुक्तिनाथ युथ क्लव द्वारा Stress Management Programme सम्पन्न

बुटवल। स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरुमा सक्रिय हुँदै आएको मुक्तिनाथ युथ क्लवले फाल्गुण १२ गते एक कार्यक्रमका बिच Stress Management Programme सम्पन्न गरेको छ । क्लवका अध्यक्ष अनिल पौडेल चुदालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल-१२ का कार्यवाहक अध्यक्ष गंगा दत्त पौडेल प्रमुख अतिथी रहनुभएको थियो भने कार्यक्रममा नेपकेयरको सहकार्यता रहेको थियो ।

क्लवका संस्थापक अध्यक्ष सुशील सापकोटाको स्वागत मन्तव्य रहेको थियो भने समाजसेवी व्यक्तित्व गोपाल पाण्डे तथा तुल्सी भण्डारी लगायतको उपस्थिति रहेको थियो । मनोविद वोसिन श्रेष्ठको प्रशिक्षणमा सम्पन्न उक्त तालिमको संचालन क्लवका पुर्व अध्यक्ष राजेन्द्र जिसीले संचालन गर्नुभएको थियो ।

पछिल्लो समय युवा पुस्तामा मानसिक तनाब बढ्दो क्रममा भएकाले तालिम महत्वपूर्ण रहेको अध्यक्ष अनिल पौडेल चुदालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *