
भैरहवा। भैरहवामा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले आईतबार रुपन्देहीको भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ को गर्न लागेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीको सुनिश्चित भविष्यको लागि प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
यस अगाडि काठमाण्डौमा हुने यो कार्यक्तम यस पटक रुपन्देहीको भैरहवामा गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो । सूचना प्रविधिमा रुची राख्ने प्लस टू तथा ब्याचलर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको हो ।
लुम्बिनी प्रदेश युवा परिषदको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम प्रविधि क्षेत्रमा काम गर्दै आएका उद्योग, कलेज, विद्यार्थी र सरकारी निकाय बिचमा भएको दुरीलाई कम गर्न पुलको रुपमा काम गर्ने लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द केसीले विश्वास व्यक्त गर्नुभयो।
युवालाई सूचना प्रविधिसंग जोड्न सक्ने हो भने युवालाई लाभ हुने बताउँदै त्यसले पलायन भईरहेको युवा शक्तिलाई रोक्न सकिने पनि भनाई राख्नुभयो ।
एक दिने यो कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा २ हजार बढीले अवलोकन गर्ने र यसबाट लाभ लिन पनि विद्यार्थीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सूचना प्रविधिको विषयमा समुहगत छलफल, प्रोजेक्ट प्रदर्शनी लगायतका कार्यक्रम हुने छन् ।

