
गुल्मी । गुल्मीदरवार गाँउपालिकाकालाइ पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाँउपालिका सुनिश्चित घोषणा गरिएको छ ।
प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले गुल्मीदरवार गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वासथ्य संस्थायुक्त गाउँपालिका सुनिश्चित घोषणा गरेका थिए । घोषणाको लागि २०७६ साल फागुनमा गुल्मीदरवार गाउँपालिकाको पालिका स्तरिय पोषण तथा खाद्ध सुरक्षा निर्देशक समिति गठन भएको थियो ।

समितिको बैठकले १७ बुदे प्रतिबद्धता जारि गरि पोषण तथा स्वस्थ्यको क्षेत्रमा रचनात्मक काम गर्दै आएको थियो । तीन बर्षको निरन्तर प्रयासपछि गत बर्ष जेठ ६ गते नेपालमै पहिलो पटक गुल्मीदरवार गाउँपालिकालाइ पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्थायुक्त गाउपालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए ।
स्वास्थ्य संस्थाहरुमा प्रोटोकल अनुसार तौल अनुगमन, तौल अनुगमन दिवस संचालन, गर्भवतिको घरमा साङ्केतिक झण्डा बितरण, बाबालाइ चिठि बितरण, गर्भवति तथा सुत्केरी अवस्थामा गाउँपालिकाको पोषिलो कोशेली बितरण, सवै स्वास्थ्य संस्थामा पोषण कर्नरहरु संचालन, पोषण सम्वन्धि फ्लेक्सहरु प्रदर्शन , पूर्ण स्तनपान सम्वन्धि स्तनपान गराइरहेका आमाहरुलाइ नियमित रुपमा परामर्श दिने काम भइरहेको छ ।
यो बर्षपनि स्वास्थ्य संस्थाहरुमा स्तनपान सप्ताह, भिटामिन ए र जुकाको औषधि वितरण, सूचकहरुको अवस्था मुल्यांकन गर्न अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीब पन्थीले प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । गुलमी दरवार गाउँपालिकामा २ बर्ष मुनिका बालबालिका ४ सय ६४ जना रहेका छन ।
यस आर्थिक बर्षमा २३ महिना पुरा गरेका बालबालिकाको संख्या १ सय ७४ रहेको छ । जसमध्ये सवैजना सुपोसित बालबालिका रहेका छन । गाउँपालिकामा १ सय ७४ जना गर्भवति महिला रहेका छन् । जस मध्ये सवै जनाले नियमित गर्भजाँच गराइरहेको पन्थीले बताए । यस गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरुमा पोषणमैत्री स्वास्थ्य संस्था हुनको लागि आवस्यक १६ बटा सुचकहरु हेर्दा सवै संस्थाहरुमा सत प्रतिशत सुचकहरु पुरा भै १६ अंकभारमा १५ देखि १६ अंक सवै स्वास्थ्य संस्थाहरुले पुरा गरेका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
बिगत ३ बर्ष देखि यस गाउँपालिकामा घरमा प्रसुति शून्य रहेकाले आगामी आर्थिक बर्षमा घरमा प्रसुति शुन्य गाउँँपालिका घोषणाको तयारीमा भइरहेको पन्थीले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयले पालिकालाई र पालिकाले हरेक स्वास्थ्य संस्थालाई सुनिश्चीताको प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रत्येक वडाबाट सांस्कृतिक कार्यक्रम र स्वास्थ्य संस्थाहरुले पोषण कर्नर प्रर्दशन गरेका थिए । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सरोज थापाको अध्यक्षता, उपाध्यक्ष तारा थापाको स्वागत तथा स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालको संचालनमा सम्पन्न भएको थियो ।




