Amalabot Online

पाल्पामा दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सव उद्घाटन

पाल्पा ।पाल्पामा सराई युवा क्लबको आयोजनामा दोस्रो माडी सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० सुरु भएको छ ।

दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सवको शुभारम्भ अघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित माथागढी गेट देखी खहरे बजार परिक्रमा गर्दै सराइ खेलमैदान महोत्सव स्थलसम्म र्‍याली प्रदर्शन गरिएको थियो।

महोत्सव सफल पारौं, कृषि र पर्यटन प्रवर्द्धनमा हातेमालो गरौं भन्ने उद्घोषसहित निस्किएको विशाल महोत्सव र्‍यालीमा माथागढि गाउँपालिका अध्यक्ष यम बहादुर चिदी सहित अन्य जनप्रतिनिधिले सहभागिता जनाएका थिए ।

दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सवको उद्घाटन गर्दै माथागढि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्नुभयो । धार्मिक पर्यटनलाई लक्षित गरी माथागढी गाउँपालिकासंगै आसपासका स्थानीय तहहरुको कृषि, धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउन यश महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा समेत अध्यक्ष चिदीले बताउनुभयो ।

कार्यक्रममा माथागढी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष तेज घर्ती मगरले महाेत्सवले पाल्पाको माडी क्षेत्रका मानिसलाई परिचालन गर्दै कला सस्कृतिकाे संरक्षण,कृषि उत्पादनकाे प्रदर्शनी तथा प्रचार प्रसारमा महाेत्सव पुर्ण भुमिका खेल्ने बताउदै दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सव २०८० का अवसरमा शुभकामना दिनुभएको थियो ।

शुभकामना मन्तव्य सराई युवा क्लबका अध्यक्ष खाेम बहादुर गाहाले राख्नुभएको थियो । अध्यक्ष गाहाका अनुसार महाेत्सव संचालन भएसंगै यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुकाे प्रचार प्रसार,विभिन्न जातजाति तथा भाषाभाषीकाे कला सस्कृति संरक्षण गर्दै आपसी सद्भाव कायम गर्न,युवा परिचालन तथा स्वयमसेबी भावनाकाे विकास गर्न,क्लबकाे विकास र काेषकाे स्थापना गर्न,लगानीकर्ताकाे भावना सकारात्मक बनाउदै माडी क्षेत्रलाई राष्ट्रियस्तरसम्म चिनाउन महाेत्सवकाे आयाेजना गरिएको र यस महोत्सवलाई सफल बनाउन लागि पर्ने सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।

माथागढी गाउँपालिका वार्ड नम्बर ३ को सह आयोजना रहेको उक्त कार्यक्रमलाई माथागढी गाउँपालिकाले संरक्षकको भुमिका खेलेको छ भने यस महोत्सवको सम्पूर्ण व्यवस्थापन जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि ले गरेको छ ।

दोस्रो माडि सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० मंसिर ९ गतेदेखी मंसिर २१ गतेसम्म संचालन गरिने मेला व्यवस्थापक जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लिका प्रबन्ध निर्देशक राजवीर जैसवालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महसंघका अध्यक्ष रिखिराम राना , नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल , पत्रकार विजय बौडेल , सन्तोष गहतराज लगायत अन्य पत्रकार, बुद्धिजीवी, समाजसेवीहरुकाे उपस्थिति रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *