Amalabot Online

गुल्मीदरबारमा एकीकृत घुम्ती शिविर, गाउँपालिकाकाे सेवा वडामै

गुल्मी । गुल्मीको गुल्मीदरबारमा एकीकृत घुम्ती शिविर संचालन भएको छ । जस अन्तर्गत गाउँपालिकाकाे सबै सेवा वडामै पुगेको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविरको आज तेस्रो दिनसम्म तिन वटा वडाका नागरिकले सेवा लिएका छन ।

आज वडा नम्बर १ मा १६ योजना सम्झौता ५ वरिष्ठ नागरिक ,५ अपाङ्गा परिचयपत्र , ५७ निशुल्क स्वास्थ्य परिक्षण , ८० पशुलाइ औसधि बितरण , २ ठाउँमा माटो परिक्षण र २८ जनाको व्यवसायीक नविकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै वडा नम्बर २ मा २३; योजना सम्झौता १८७ वरिष्ठ नागरिक ,४ अपाङ्गा परिचयपत्र , ११० जनाको निशुल्क स्वास्थ्य परिक्षण , १०६ पशुलाइ औसधि बितरण , २ ठाउँमा माटो परिक्षण र ४४ जनाको व्यवसायीक नविकरण गरिएको छ ।

वडा नम्बर ३ मा १७ योजना सम्झौता २८ वरिष्ठ नागरिक ,३ अपाङ्गा परिचयपत्र , ७० निशुल्क स्वास्थ्य परिक्षण , ५७ पशुलाइ औसधि बितरण , ९ ठाउँमा माटो परिक्षण र ६ जनाको व्यवसायीक नविकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *