Amalabot Online

गुल्मीमा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ !

गुल्मी । गुल्मीमा बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

कालिगण्डकी गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने पर्वत बिहादी गाँउपालिका वडा नं. ६ घर भई हाल कालिगण्डकी गाँउपालिका ६ बस्ने खिम प्रसाद भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पीडितले दिएको जाहेरीका आधारमा भट्टराईलाई करणी सम्बन्धी कसुर (बालयौन दुरुपयोग) मुद्धामा पक्राउ गरी सोमबार जिल्ला अदालत गुल्मीबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *