
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधबार एकैदिन १२ जना चोरीमा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । विभिन्न ६ घटनाका १२ जनालाई पक्रा गरेर डाँकाचोरी मुद्धा दर्ता गरेको छ ।
यो मुद्धामा एकैदिन हिरासतमा १२ जना भएको जिल्लामा पहिलो हुन सक्ने प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।
कुनकुन घटनामा कोको पक्राउ परे ?
ईस्मा गाउँपालिका–५ सिराराका २० बर्षीय सागर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ मंसिरमा माधव कुँवरको लु ३६ प ५१८७ नंम्बरको मोटरसाईकल र सुरेश बहादुर दमाईको लु ५४ प १०२३ नं.को मोटरसाईकल चोरी गरी भागेका थिए ।. त्यस्तै गत २८ मंसिरमा धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलका दिन बहादुर कामीको किराना पसल चोरी गर्ने सोहि स्थानका २२ बर्षीय गणेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
१५ मंसिरमा रेसुङ्गा नगरपालिका ५ बर्दबासी बिष्णु कुमारी जोगी कुँवरको बोका चोरी गर्ने रेसुंगा ७ को २३ बर्षीय विरेन्द्र परियार, मालिका गाउँपालिका ७ का २५ बर्षीय सुनिल बि.क.र १५ बर्षीय बालकलाई नियन्त्रण लिएर चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।
५ पुसमा मदाने गाउँपालिका ६ का ७२ बर्षीय निर्प बहादुर कुँवरको २५ हजार तथा जिन्सी सामान गर्ने ४५ बर्षीय भुपेन्द्र कुँवर, ५ पुसमै गुल्मीदरवार गाउँपालिका ३ निदुर बस्ने कुल बहादुर सराङ्कोटी र हुम बहादुर खत्रीको घरमा जिन्सी सामानहरु चोरी गर्ने गुल्मीदरवार गाउँपालिका १ का २८ बर्षीय हिमाल भन्ने भुवन के.सी, वडा नं. ३ का ३० बर्षीय सन्दिप थापा, २२ बर्षीय आशिष बस्नेत. रेसुङ्गा नगरपालिका १२ का २७ बर्षीय सन्तोष राना, धादिङ शिद्धलेख गाउँपालिका ३ का ३५ बर्षीय पदम थापा मगरलाई सामानहरुसहित प्रहरीले पक्राउ गरेर गुल्मी अदालत तम्घासबाट म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए ।
त्यस्तै ९ पुसमा चन्द्रकोट गाउँपालिका ३ धामीगारेकी ५३ बर्षीया सुन्तली थापाकोे दुई थान मोबाईल चोरी गर्ने चन्द्रकोट गाउँपालिका २ का २८ बर्षीय रोम बहादुर सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रधानले १२ जनालाई पछिल्ला विभिन्न मितिमा प्रक्राउ गरेर हिरासतमा राखिएको बताए । प्रधानका अनुसार गत बर्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएका दुई सय ६० मुद्धामा २५ वटा चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धा थिए । यो आर्थिक बर्षको ११ पुससम्म एक सय दश मुद्धा संख्या मध्ये १४ वटा चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्धा रहेका छन् ।
घटनामा संलग्न फेला परे उजुरी परेन
जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसार तीन चोरीका घटनामा उजुरी दर्ता भएका छैनन् । जसका कारण घटनामा संलग्नहरु उम्किएको पाइएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा चोरी भएको सुचना आएपछि अनुसन्धानको क्रममा सामान र दोषीहरुको पहिचान भएपनि कानून बमोजिम कारबाहीको लागि पीडित पक्षले जाहेरी दरखास्त नदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।
धुर्कोट गाउँपालिका ५ बस्तुकी ७१ बर्षीय सीता भण्डारीको घर फोडेर सुनका गरगहना लगायत नगद ३७ हजार ०००र चोरी भएको कसुर, चन्द्रकोट गाउँपालिका ८ मझुवा बजारमा सुर्य बस्नेतको किनारा पसल र घरबाट ९४ हजार सात सय चोरी सम्बन्धी कसुर र रेसुङ्गा नगरपालिका २ साहुटोल स्थित राधा कृष्ण मन्दिरको मुर्ती चोरी भएको कसुरमा नगद, सामान र संग्लन व्यक्तिहरु पहिचान भएपनि पीडित पक्षले उजुरी नदिएका कारण कानुन अनुसार कारबाही गर्न नसकिएको प्रधानले बताए । ‘६ घटनामा १२ जना पक्राउ गरेर अनुसन्धान गरिरहेका छौ । तर, तीन घटनामा पीडितनै उजुरीको प्रक्रियामा आएनन,’उनले भने,‘यस्तै प्रवृतिले ठुलो घटना हुने गर्दछ ।’

