
गुल्मी: मुसिकोट नगरपालिका-७, चिसापानी काफलटोल स्थायी घर भै हाल जापानको टोकियो बस्दै आएका सागर सापकोटाको यहि पौष ११ गते राती असमायिक निधन भएको छ।
जापानको टोकियोस्थित आफ्नो श्रीमती सहित निप्पोरीमा बस्दै आएका सापकोटा आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन।
मृत सापकोटाको अन्तिम संस्कार तथा अन्त्येष्टीको लागि वामी सेवा समिती जापानले आर्थिक संकलन अभियान शुरुवात गरेको छ भने सहयोगको लागि सबैलाइ अपिल गरेको छ।

