Amalabot Online

गुल्मी मुसिकोटमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताउनुभयो ।

आगो निभाउने क्रममा घाइते घर्तिको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते हुनुभएको छ ।

सल्लाघारीमा लागेको आगो निभाउने क्रममा आगोको ठुलो मुस्लो आफु तर्फ आई भाग्दा लडेर घाइते हुनुभएको थियो । घाइते थापाको गुल्मी अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ ।
उहाँको अवस्था मध्यम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *